शिक्षक मृत्यु प्रकरण : छानबिनका लागि ११ जना नियन्त्रणमा, सिआइबीको टोली पनि पुग्यो

बैतडी : बैतडीको पाटन नगरपालिका-६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर बिष्टको मृत्युको अनुसन्धानका लागि प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ। मृत अवस्थामा फेला परेका विष्टको हत्या हो वा अन्य कुनै कारणले मृत्युु भएको हो भन्ने खुलेको छैन।घटनाको अनुसन्धान गर्न शिक्षक, विद्यार्थी र केही स्थानीयलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिएकाहरूको परिचय प्रहरीले खुलाएको छैन।सुर्नया गाउँपालिका-२ ग्वानी घर भई कृष्ण माविमा अध्यापन गराउँदै आएका शिक्षक बिष्ट गएको शनिबार दिउँस