काठमाडौं (अस) । सानिमा बैंकले प्रधान कार्यालय नक्सालबाट आफ्ना विशिष्ट ग्राहकलाई लक्षित गरी सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर ललितपुरको लगनखेल कुमारीपाटीमा विस्तारगरेको छ ।
प्रायोरिटी ग्राहकको सेवा–सुविधालाई ध्यानमा राख्दै थप गुणस्तरीय सेवा एकै स्थानबाट दिने उद्देश्यले विशिष्टीकृत प्रायोरिटी काउन्टर थप गरिएको बैंकले बताएको छ । बैंकले प्रायोरिटी लाउन्जबाट विशिष्ट ग्राहकलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्त गरेको छ । कुमारीपाटीस्थित प्रायोरिटी काउन्टर उद्घाटन बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र प्रायोरिटी ग्राहक श्यामकाजी अवालेले संयुक्त रूपमा गरे ।