मल कालोबजारी गर्ने पसलमा प्रशासनको छापा, पसलमा सिलबन्दी
जिल्ला प्रशासन कार्यालय भक्तपुरले मलको अभाव देखाउँदै बढी मूल्य लिएर रासायनिक मल बिक्री गर्ने पसलहरूमा धमाधम छापा मार्दै कारबाही गर्ने अभियान सञ्चालन गरेको छ ।
सिरहा– सिरहामा सहकारीहरुको मिलोमतोमा रासायनिक मलमा व्यापक कालोबजारी हुने गरेको पाइएको छ । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ लहान तथा नेपाल सरकारको अनुदानप्राप्त रासायनिक मल बिक्रीवितरणका लागि नगरपालिकाबाट सिफारिस लिएका सहकारीहरुको मिलोमतोमा रासायनिक मलमा व्यापक कालोबजारी हुने गरेको पाइएको हो । स्थानीय नगरपालिका तथा गाउँपालिकाहरूले नेपाल सरकारको अनुदानप्राप्त रासायनिक मल किसानलाई सहजरूपमा उपलब्ध […]
२२ साउन, पोखरा । सरकारले अनुदानमा उपलब्ध गराएको मलमा पनि पोखरामा कालोबजारी भएको पाइएको छ । पोखरा महानगरले आइतबार गरेको अनुगमनमा तोकिएकोभन्दा प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म बढी मूल्यमा मल बिक्री वितरण भइरहेको खुलेको हो । अनुगमनका क्रममा पोखरा १० मा रहेको अमरसिंह कृषि सहकारीले २१ रुपैयाँको युरिया मललाई ३५ र ५० रुपैयाँको डीएपी ६५ […]
२६ पुस, वीरगञ्ज । रासायनिक मलको कालोबजारी गरेको आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका-१८ मोतीसर टोल बस्ने उमेशकुमार साहलाई पक्राउ गरेको छ । सरकारी अनुदानमा ल्याएको मल किसानलाई सहुलियत दरमा बिक्री गर्नुपर्नेमा बढी मुनाफा लिई बिक्री गरेर कालो बजारी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उमेशले फेटा गाउँपालिका–१ भलुही चोकमा सञ्चालन गरेको श्री राम स्टोर्स […]
वीरगञ्ज- मलको कालोबजारी गर्ने एक पसल सञ्चालकलाई बारा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मलको कालोबजारी गर्ने बाराको कलैया उपमहानगरपालिका-१८ मोतिसर बस्ने उमेश कुमार साहलाई पक्राउ गरेको हो। सरकारले तोकेको मूल्यभन्दा बढी मूल्य लिएर मल बिक्री गरिरहेको सूचनाको आधारमा साहले सञ्चालन गरेको श्री राम स्टोर्स किटनाशक पसलमा प्रहरीले छापामारी गरेको हाे। सो क्रममा प्रहरीले पसलबाट १२३ […]
मल खाद युरियाको कालोबजारी गरेको अभियोगमा सप्तरीको राजविराज नगरपालिका-१० दिघवा बस्ने १९ वर्षीय राज कुमार दासलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले सञ्चालन गरेको किराना पसलमा युरिया मल खाद लुकाई छिपाई भण्डारण गरी सरकारले निर्धारण गरेको मूल्य भन्दा बढी मूल्यमा बिक्री गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । कालोबजारी भइरहेको सूचनाको जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले तलासी गर्दा प्रति बोरा ५० केजीको दरले ३५ थान युरियाको बोरा भण्डारण गरी राखेको अवस्थामा फेला प
वीरगन्ज । पर्साको ग्रामीण भेगमा सरकारी अनुदानको मल कालोबजारी गरी बेच्ने कार्यमा संग्लन दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सागढी नगरपालिका-३ बडनिहार बजारको दुई पसलबाट सरकारी अनुदानको २७ बोरा मलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । कृषि सामग्री कम्पनीले किसानलाई सहुलियत दरमा उपलब्ध गराउन कृषि सहकारी संस्थालाई वितरण गरेको युरिया मल र डीएसी […]
१४ भदौ, वीरगञ्ज । सरकारी अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा बारामा एउटा कृषि सहकारी संस्थामा शिलबन्दी गरिएको छ । कलैया उपमहानगरपालिका–२३ भतौडा कोइरिया टोलस्थित कुश कृषि सहकारी संस्थामा शिलबन्दी गरिएको हो । किसानले दिएको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले शिलबन्दी गर्नुका साथै सहकारीमा राखिएको ५० किलोका २०९ बोरा […]
रासायनिक मल अभावको मौका छोपेर गोरखामा ब्यापारीले किसान ठगेका छन्। साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडले अनुदानको मल जिल्लामा पठाउन नसकेको बेला केही ब्यापारीले महँगो पैसा लिएर किसानलाई मल बिक्री गरिरहेका छन्।...
काठमाडौं, २० जेठ । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबाट फुटेर बनेको नेकपा बहुमतले मल कब्जा गर्दै किसानलाई बाँड्ने चेतावनी दिएको छ । उक्त समूहका कार्यालय सचिव अनमोलले विज्ञप्तिमार्फत् तत्काल किसानलाई मल उपलब्ध गराउन माग समेत गरेको छ । अनमोलले कालोबजारी गररेको मल कब्जा गरी किसानलाई वितरण गरिने विज्ञप्तिमा उल्लेख गरेका छन् । मल कालोबजारी गरी […]
रुपन्देही । प्युठान प्रहरीले किसानहरुका लागि अनुदानमा आएको मलमा कालोबजारी गर्न खोज्ने कपिलवस्तुका दुई जनालाई पक्राउ गरेको छ। प्युठान नगरपालिका-९ मरन्ठानाको दीर्घायु कृषि सहकारी लागि आएको युरिया मल कपिलवस्तु बिक्रीका लागि ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कपिलवस्तुको शिवराज नगरपालिका-३ खरेन्द्रपुरका विवश क्षेत्री र सोही ठाउँका केशर महतरा छन् । […]