युरियाको कालोबजारी गरेको अभियोगमा युवक पक्राउ

मल खाद युरियाको कालोबजारी गरेको अभियोगमा सप्तरीको राजविराज नगरपालिका-१० दिघवा बस्ने १९ वर्षीय राज कुमार दासलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उनले सञ्चालन गरेको किराना पसलमा युरिया मल खाद लुकाई छिपाई भण्डारण गरी सरकारले निर्धारण गरेको मूल्य भन्दा बढी मूल्यमा बिक्री गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । कालोबजारी भइरहेको सूचनाको जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले तलासी गर्दा प्रति बोरा ५० केजीको दरले ३५ थान युरियाको बोरा भण्डारण गरी राखेको अवस्थामा फेला प

सम्बन्धित सामग्री

मलको ‘कालोबजारी’ गर्ने १९ वर्षीय युवक पक्राउ

जनकपुरधाम – युरिया मलको कालोबजारी गरेको आरोपमा सप्तरी प्रहरीले १९ वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा राजविराज नगरपालिका १० दिघवाका १९ वर्षीय राजकुमार दास रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। दिघवास्थित दासले सञ्चालन गरेको किराना पसलमा युरिया मल खाद सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी मुल्यमा लुकाई छिपाई भण्डारण गरी बिक्री वितरण गर्दै आइरहेको […]

अक्सिजनको कालोबजारी भइरहेको भन्दै अफवाह फैलाएको आरोपमा युवक पक्राउ

२२ वैशाख, धनगढी । अक्सिजनको कालोबजारी भइरहेको भन्दै अफवाह फैलाएको आरोपमा प्रहरीले धनगढीबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ का तेजबहादुर खड्का छन् । धनगढीबाट ६५० सिलिन्डर अक्सिजन कालोबजारी गरेर पहाडतिर ट्रकमा लैजाँदै …

अक्सिजनको कालोबजारी भइरहेको भन्दै गलत कुरा फैलाएको आरोपमा एक युवक पक्राउ

धनगढी । अक्सिजनको कालोबजारी भइरहेको भन्दै अफवाह फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ का तेजबहादुर खड्का रहेका छन् । धनगढीबाट ६५० सिलिन्डर अक्सिजन कालोबजारी गरेर पहाडतिर ट्रकमा लैजाँदै गरेको भन्दै झुटो हल्ला फैलाएकाले उनलाई पक्राउ गरिएको हो । उनले सामाजिक सञ्जाल फेसबुकमा कालोबजारी भएको भन्दै गलत कुरा सार्वजनिक […]