आफूले निकै रिस्क मोलेर र लचिलो भएर प्रधानमन्त्री बनाएका प्रचण्डले धोका दिएर पहिलेकै गठबन्धनमा गएको बदला लिन ओली चाहन्छन् । संसदको अंकगणित र ताजा जनादेशले पनि केही फेरबदल माग गरेको छ । ‘ट्रयाक टु’ को मिसनबारे छलफल सुरू भएपनि मूर्तरूप लिइनसकेको स्रोतहरूको भनाई छ ।