सहकारीमार्फत ४ करोड ३९ लाखको खसीबोका विक्री

तनहुँ । दशैंमा तनहुँका सहकारीमार्फत करीब साढे ४ करोड रुपैयाँ बराबरका खसीबोका विक्री भएका छन् । महिलाले सञ्चालन गरेका सहकारीमार्फत दशैंमा मात्रै ४ करोड ३९ लाख ३४ हजार रुपैयाँको खसीबोका विक्री भएका हुन् । असोजमा ती सहकारीहरूले जिल्लाभित्र र जिल्लाबाहिर खसीबोका विक्री गरेका थिए । सहकारीले नै बजारीकरण गरिदिएपछि बाख्रापालक कृषकलाई सहज भएको छ । खसीबोका किन्न व्यापारी गाउँसम्मै पुग्ने गरेका छन् । घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थाले ४६ लाख ५९ हजार, भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीमार्फत ८४ लाख ३२ हजार, माझकोटस्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत ८८ लाख ३८ हजार, अरुणोदय सामाजिक उद्यमी महिला सहकारीमार्फत २३ लाख ६६ हजार रुपैयाँ बराबरको खसीबोका विक्री भएका छन् ।      यसैगरी अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ६७ लाख ७३ हजार, दिदीबहिनी कृषि सहकारी संस्थामार्फत सात लाख २५ हजार, शुभदीप सामाजिक उद्यमी महिला सहकारीमार्फत २८ लाख ३८ हजार, आधारशिला सामाजिक महिला उद्यमी सहकारीमार्फत ११ लाख ९६ हजार, सप्तधारा सामाजिक उद्यमी महिला सहकारीमार्फत ५० लाख ७५ हजार, भागिरथी सामाजिक उद्यमी महिला सहकारीमार्फत ३० लाख २८ हजारको खसी विक्री भएको छ ।     ती सहकारीमार्फत् एक हजार ४८८ खसीबोका विक्री भएका छन् । घिरिङ गाउँपालिका–२ भोरकोटस्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष शारदा आलेले सहकारीबाटै बजारीकरण गर्दा कृषकलाई सहज हुने गरेको बताइन् । यस्तै भिमाद नगरपालिका–२ स्थित अरुणोदय सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष सीताकुमारी तिमिल्सिनाले खसीबोका बिक्रीका लागि विगत वर्षदेखि नै बजारीकरणमा सहयोग पु¥याएको बताइन् । सहकारीले बजारीकरणमा सहयोग पु¥याएपछि बाख्रापालक कृषक पनि खुशी भएका छन् । रासस

सम्बन्धित सामग्री

सल्यानबाट ७० करोडको खसीबोका निकासी

सल्यान : गत आर्थिक वर्षमा सल्यानबाट ७०  करोड रुपैयाँभन्दा बढीको खसीबोका जिल्ला बाहिर निकासी भएको छ आर्थिक वर्ष २०७९/०८० मा जिल्लाबाट ७०  करोड भन्दा बढीको खसीबोका जिल्ला बाहिर निकासी भएको पशु अस्पताल तथा  पशुसेवा कार्यालय सल्यानले जानकारी दिएको हो।कार्यालयका अनुसार ५७ करोडको खसी बोका निकासी भएको रेकर्ड भए पनि दुई स्थानीय तहको तथ्यांक आई नपुगेकाले ७० करोडको खसी बोका निकासी भएको अनुमान गरिएको हो। आर्थिक वर्ष  २०७८/०७९ मा जिल्लाबाट ५३ करोड भन्दा बढीको खसीबोका जिल्ला बाहिर नि

दुई करोड बढीको खसीबोका काठमाडाैँ लगिँदै

दाङ- दाङमा किसानले पालेका खसीबोका मासुका लागि काठमाडाैँ पठाउन थालिएको छ। चाडपर्वलाई लक्षित गरेर किसानले खसीबोका पालेका थिए। लमही नगरपालिका- ३ टिकुलीगढ निवासी पार्वती चौधरीले यसपालीको दशैँमा चारवटा खसी बिक्री गरिन्। उनले व्यावासिक रूपमा बाख्रा पालन गर्न थालेको पाँच वर्ष पुगेको छ। पहिलो पटक उनले सहकारीमार्फत् खसीबोकाको कारोवार गरेको बताइन्।   ‘तौल गरेर बिक्री गर्दा […]

दसैंमा डेढ करोड मूल्य बराबरका खसीबोका निर्यात

दाङबाट दसैंका लागि १ करोड ६६ लाख भन्दा बढी मूल्यका खसीबोका निर्यात गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले जिल्लाका विभिन्न स्थानबाट गरिद गरेर १ करोड ६६ लाख ५१ हजार ९ सय रुपैयाँ बराबरको निर्यात गरेको कम्पनीका निमित प्रमुख नकुल चौधरीले जानकारी दिए ।गत वर्ष १ करोड ३५ लाखको निर्यात गरिएको थियो । […]

दसैंमा उपत्यकामा ५४ करोडका खसीबोका बिक्री

यो वर्ष दसैंमा उपत्यकामा झन्डै ५४ करोड रुपैयाँ बराबरको खसीबोका बिक्री भएका छन् ।दसैंमा सबैले मासु उपभोग गर्ने भएकाले पनि उपत्यकामा ठूलो संख्यामा खसीबोका बिक्री हुने गर्छ । यो वर्ष झन्डै ५४ करोड रुपैयाँ बराबरको ३२ हजार संख्यामा खसीबोका बिक्री भएका हुन् । खाद्य व्यवस्था कम्पनी लिमिटेड र निजी व्यवसायीले गरेर उपत्यकामा ३२ हजार संख्यामा […]

दसैंमा चार करोड ३९ लाखको खसीबोका बिक्री

दमौली– हिन्दुहरूको महान् पर्व दसैंका अवसरमा तनहुँका सहकारीमार्फत करिब साढे चार करोड बराबरका खसीबोका बिक्री भएका छन् । महिलाहरूले सञ्चालन गरेका सहकारीमार्फत दसैंमा मात्रै रु चार करोड ३९ लाख ३४ हजार १३ को खसीबोका बिक्री गरेका हुन् । असोजमा ती सहकारीहरूले जिल्लाभित्र र जिल्लाबाहिर खसीबोका बिक्री गरेका थिए । सहकारीले नै बजारीकरण गरिदिएपछि बाख्रापालक कृषकलाई […]

दसैँका लागि तनहुँमा तीन करोडको खसीबोका बिक्री

२३ असोज, दमौली । दसैँका लागि तनहुँबाट करिब तीन करोड रुपैयाँको खसीबोका बिक्री भएको छ । जिल्लाका १० सहकारीमार्फत् दुई हप्ताको अवधिमा दुई करोड ८२ लाख ३६ हजार ७९१ रुपैयाँको खसीबोका बिक्री भएका हुन् । दुई हप्ताको अवधिमा एक हजार ८१७ खसी बिक्री भएका छन् । ती सहकारीले दुई करोड ७९ लाख ८९ हजार २४५ […]

खाद्य कम्पनीले दशैंका लागि २ हजार खसीबोका ल्याउँदै

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि २ हजार खसीबोका ल्याउने भएको छ । व्यापार कम्पनीले ३ करोड २० लाख रुपैयाँमा २ हजार खसीबोका खरिद गरी काठमाडौंमा ल्याउन लागेको हो । कम्पनीले यस वर्षको दसंैमा च्यांग्रा भने नल्याउने भएको छ । विगतमा कम्पनीले दसैंका लागि खसीबोका र च्यांग्रा दुवै ल्याउने गरेको थियो । […]

खाद्य कम्पनीले दशैंका लागि २ हजार खसीबोका ल्याउँदै

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि २ हजार खसीबोका ल्याउने भएको छ । व्यापार कम्पनीले ३ करोड २० लाख रुपैयाँमा २ हजार खसीबोका खरिद गरी काठमाडौंमा ल्याउन लागेको हो । कम्पनीले यस वर्षको दसंैमा च्यांग्रा भने नल्याउने भएको छ । विगतमा कम्पनीले दसैंका लागि खसीबोका र च्यांग्रा दुवै ल्याउने गरेको थियो । […]

खसीबोका र च्याङ्ग्रा खरिदका लागि छ करोड विनियोजन

काठमाडौं, असोज ५ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँका लागि खसीबोका र च्याङ्ग्रा खरिद गर्ने तयारी थालेको छ । कम्पनीले खसीबोका दुई हजार र एक हजारको हाराहारीमा च्याङ्ग्रा खरिदका लागि मुस्ताङ कार्यालयलाई निर्देशन गरिसकेको छ । कम्पनीका अनुसार खसीबोका र च्याङ्ग्रा खरिदका लागि छ करोड रुपियाँ विनियोजनसमेत गरिसकेको छ । कम्पनीले मूल्य बढ्ने देखेर […]

सल्यानबाट ६४ करोड २० लाखको खसीबोका निकासी

सल्यान : सल्यानबाट आर्थिक वर्ष २०७७/०७८ मा ६४ करोड रूपैयाँभन्दा बढीको खसीबोका निकासी भएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्षमा ४२ हजार ८०० वटा खसीबोका निकासीबाट ६४ करोड २० लाख रुपैयाँ भित्रिएको छ।सल्यानका किसानले कम्तीमा पाँचवटा बाख्रा पाल्दै आइरहेको कार्यालय प्रमुख कपिल प्रसाद उपाध्यायले बताए। जिल्लमा झन्डै चार लाख बाख्रा रहेको उनको भनाइ छ।सल्यानको खसीबोका काठमाडौं, पोखरा, धनगढीलगायतका देशका प्रमुख सहरहरुमा निकासी हुने गर्दछ।