कृषि ज्ञान केन्द्र गोरखाले कृषकहरूलाई कृषि औजार वितरण गरेको छ । गोरखा नगरपालिका–१० स्थित छेपेटारका स्थानीय किसानहरूलाई ७५ प्रतिशत अनुदानमा कृषि औजार प्रदान गरेको हो ।
देउखुरी, ६ असार । कृषि उपजको उत्पादन वृद्धि गर्ने र लागत घटाउने उद्देश्यले दाङको घोराही उपमहानगरपालिकाले किसानलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । पालिकाले पचास प्रतिशत अनुदानमा ३६ पावर टेलर, २० मिनी पावर टेलर, एउटा रोडाभेटर र दुई वटा थ्रेसर मेसिन उपलब्ध गराएको हो । कृषिमा यान्त्रिकरणको सहायताले उत्पादन बढाउने र किसानलाई आत्मनिर्भर बनाउने […]
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ । नगरपालिकाका २९ जना किसानलाई करिब १० लाख बराबरका साना कृषि औजार वितरण गरिएको हो ।
मेलम्ची नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम पनि दिएपछि किसानलाई काम गर्न सहज भएको छ । नगरपालिकाले अनुदानमा वडा नं ७ र ८ का किसानका लागि कृषि औजार वितरण गरेको हो । वडा नं ७ स्थित दुवाचौर सामुदायिक कृषि सहकारी संस्थामार्फत १६ थान ९ एच। पी प्रट्रोल मिनिटिलिर तथा मकै रोप्ने उपकरण र वडा नं ८ स्थिति विष्णुलक्ष्मी साना किसान कृषि सहकारीमार्फत ७ एच.पी प्रट्रोल मिनिटिलिर तथा २१ थान कृषि सामग्री वितरण गरिएको नगरपालिकाका कृषि विकास शाखाप्रमुख अमरनाथ आचार्यले जानका
धादिङ । धादिङको गल्छी गाउँपालिकाले किसानलाई खेत जोत्न आधुनिक प्रविधिको हाते ट्र्याक्टर (मिनी पावर टिलर) वितरण गरेको छ । चालु आर्थिक वर्षको बजेटबाट ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गरिएको गाउँपालिकाले बताएको छ ।
कृषिमा यान्त्रिकीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले गाउँपालिकाले किसानलाई हाते ट्र्याक्टर प्रदान गरेको हो । गाउँपालिकाको कृषि शाखाले १७५ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको बताएको छ ।
गाउँपालिकाले ठेक्कामार्फत खरिद गरेर ल्याएको डिजेल इञ्जिनको मिनिटिलर ९५ थान, पेट्रोल इञ्जिनको ७९ थान र पावर टिलर एक थान गरी १७५ थान किसानलाई उपलव्ब् गराइएको गाउँपालिका कृषि शाखाका टीकाराम खतिवडाले जानकारी दिए ।
किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्र्याक्टर दिइएको गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले बताए । ‘गाउँका युवा विदेशीएका छन् । काम गर्ने मान्छे खोज्दा पाइँदैैन । गोरु पाल्न छाडेका छन्,’ उनले भने, ‘खेतीलाई सरल र सहज बनाउन किसानलाई हाते ट्र्याक्टर वितरण गरेका हौं ।’ कृषिमा यान्त्रिकीकरण, व्यावसायिकीकरण र बजारीकरण गर्नुपर्ने भन्दै उनले यसका लागि किसानलाई सहयोग गरिएको बताए ।
कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्रको विकासका लागि किसानका मागका आधारमा कृषि औजार वितरण गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । ७७ लाख १३ हजार बजेटबाट किसानको मागका आधारमा वडामा कृषि उपकरण वितरण भइरहेको गाउँपालिका कृषि शाखाले बताएको छ । कृषि उत्पादन बढाउन र लागत घटाउन गतवर्षदेखि नै किसानलाई कृषि सामग्री वितरण थालिएको र यसबाट किसानले फाइदा उठाउने गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले बताइन् । रासस
झापा : कृषि ज्ञान केन्द्र भद्रपुरले ८४ जना किसानलाई कृषि औजार वितरण गरेको छ। धान र मकै सुपर जोन घोषित झापामा लागत कम गरी उत्पादन बढाउने उद्देश्यले संघीय तथा प्रदेश सरकारको कृषि यान्त्रीकरणका लागि औजार उपकरण, प्रयोग प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्रले ५० देखि ७५ प्रतिशत अनुदानमा औजार वितरण गरेको हो।केन्द्रमा आइतबार आयोजित कार्यक्रमका प्रदेश १ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर राना मगरले औजार हस्तान्तरण गरेका हुन्। औजार हस्तान्तरण कार्यक्रममा मन्त्री मगरले सरकार
उदयपुर : लिम्चुङबुङ गाउँपालिकाले पाँचवटै वडाका कृषि समूह तथा किसानलाई मिनिटिलर वितरण गरेको छ। कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यले किसानलाई मिनिटिलर वितरण गरेको हो। कृषि समूह र किसानलाई गाउँपालिकाले २४ वटा मिनिटिलर वितरण गरिएको गाउँपालिकाका कृषि विकास अधिकृत जन्जित अधिकारीले जानकारी दिए। अध्यक्ष कृषि परियोजनाअन्तर्गत किसानलाई आवश्यकताको आधारमा कृषि औजार उपलब्ध गराएको अधिकारीले बताए। ६० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गरिएको हो।गाउँपालिका अध्यक्ष मेजर राईले कृषिमा प्रविधिको प्रयोगले किसान
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–३ का किसानलाई मुख्यमन्त्री कृषि नमुना गाउँ (तरकारी खेती) अन्तर्गत कृषि औजार तथा उपकरण अनुदानमा वितरण गरिएको छ।वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले किसानलाई अनुदानमा कृषि उपरकण तथा औजार वितरण गरेका हुन्। कार्यक्रम अन्र्तगत १३ जना किसानलाई पावर टिलर, साना सिंचाइ चार सेट, पोलिहाउस १६ वटा, मल्चिङ प्लाष्टिक २० थान, थोपा सिंचाइ १६, स्प्रे टेंकी ३० वटा, तरकारी गोड्ने मेसिन पाँचवटा, बिउ र बिषादी ५० प्रतिशत अनुदानमा उपलव्ध गराइएको हो।आर्थिक वर्ष २०७६/७७ दे