लिम्चुङबुङका किसानलाई मिनिटिलर वितरण

उदयपुर : लिम्चुङबुङ गाउँपालिकाले पाँचवटै वडाका कृषि समूह तथा किसानलाई मिनिटिलर वितरण गरेको छ। कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यले किसानलाई मिनिटिलर वितरण गरेको हो। कृषि समूह र किसानलाई गाउँपालिकाले २४ वटा मिनिटिलर वितरण गरिएको गाउँपालिकाका कृषि विकास अधिकृत जन्जित अधिकारीले जानकारी दिए। अध्यक्ष कृषि परियोजनाअन्तर्गत किसानलाई आवश्यकताको आधारमा कृषि औजार उपलब्ध गराएको अधिकारीले बताए। ६० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गरिएको हो।गाउँपालिका अध्यक्ष मेजर राईले कृषिमा प्रविधिको प्रयोगले किसान

सम्बन्धित सामग्री

पोखरा महानगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार र उपकरण प्रदान गर्ने

गण्डकी । व्यावसायिक कृषिमा लागेका किसानलाई पोखरा महानगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार र उपकरण प्रदान गरेको छ । पोखरा प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि शुरू भएको ‘प्रथम प्रदेशस्तरीय कृषि यान्त्रिकीकरण प्रदर्शनी’का अवसरमा महानगरले सो अनुदान वितरण गरेको हो । चालु आवमा अनुदानका लागि छनौट भएका कृषि समूह, सहकारी तथा फार्मले प्रदर्शनी कक्षबाटै आफूलाई आवश्यक परेका कृषि उपकरण तथा प्रविधि खरिद गर्ने प्रबन्ध मिलाइएको महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए। “देशविदेशका कम्पनीले आफ्नो उत्पादनलाई प्रदर्शनीमा राखेका छन्, महानगरभित्रका किसानले रोजीरोजी अनुदानको कृषियन्त्र किन्न सक्नुहुन्छ”,उनले भने “बिल भरपाईका आधारमा ५० प्रतिशत रकम किसानलाई उपलब्ध गराउँछौँ ।” महाशाखा प्रमुख कडरियाका अनुसार किसानलाई एक सय १६ मिनिटिलर हलो, तीन सय ८५ टनेल प्लास्टिक, मल्चिङ प्रविधि ९१, थोपा सिँचाइ ३६, स्प्रेयर एक सय २२, असिना छेक्ने जाली ८५ र ५८ मौरीघार अनुदानमा उपलब्ध गराइएको हो । महानगरले वडा तहमा कृषि सञ्जालमार्फत प्रदान गरिने कृषि औजार तथा उपकरण पनि सञ्जालले चाहेको खण्डमा प्रदर्शनीस्थलबाटै वितरण गर्ने योजना बनाएको छ । व्यावसायिक कृषि पकेटको छुट्टै कार्यक्रममार्फत एक सय नौ कृषि समूह, सहकारी र फार्म अनुदानका लागि छानिएको महानगरले जनाएको छ । महाशाखा प्रमुख कडरियाले महानगरले बर्सेनि कृषिको यान्त्रिकीकरणका लागि रु ८० लाखभन्दा बढी अनुदान रकम खर्च गर्ने गरेको बताए । पछिल्लो एक दशकयता किसानले कृषि उत्पादनदेखि प्रशोधनका काममा नयाँनयाँ कृषियन्त्र र उपकरणको प्रयोग बढाउँदै गएको उनको भनाइ छ । महानगरले अनुदानमा कृषि उपकरण वितरण गर्न थालेपछि व्यावसायिक कृषितर्फ आकर्षण बढ्दै गएको पोखरा–५ को दिदीबहिनी कृषक समूहका सन्तोषी नेपालीले बताए । उनले उत्पादनसँगै कृषिको बजारीकरणमा पनि महानगरलगायत राज्यका निकायले सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो । व्यावसायिक कृषि विकासका लागि कृषिलाई यान्त्रिकीकरण गर्नुपर्नेमा कृषि क्षेत्रका विज्ञले जोड दिँदै आएका छन् । परम्परागत र निर्वाहमुखी कृषि प्रणालीले किसानको उत्थान नहुने महाशाखा प्रमुख कडरियाले बताए । “कम लागतमा कृषि उत्पादन र बजारीकरणका लागि यान्त्रिकीकरणलाई अवलम्बन गर्नु आवश्यक छ, नयाँनयाँ उपकरण र प्रविधिलाई किसानको पहुँचमा पुर्‍याउनुपर्छ”, उनले भने ।

किसानलाई कृषि सामग्री र तालिम

सिन्धुपाल्चोक, २८ चैत । पाँचपोखरी थाङपाल गाउँपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम पनि दिएपछि किसानलाई काम गर्न सहज भएको छ । पालिकाले सोमबार ५० प्रतिशत अनुदानमा किसानका लागि १७ थान नौ र १० एचपी मिनिटिलर वितरण गरेको पालिकाका कृषि शाखा प्रमुख निमराज गिरीले जानकारी दिए । समयानुसार किसानलाई आवश्यक कृषि पेसासँग सम्बन्धित कृषिऔँजार, […]

कृषि सामग्री वितरण

काठमाडौँ,३० जेठ । कृषकलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै उत्पादनमा वृद्धि गर्ने ध्येयले पाखरदोभान कफी सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई कृषि सामग्री वितरण गरेको छ । कफी उत्पादनको पकेट क्षेत्ररुपमा परिचित रहेको उक्त सहकारीले आइतबार विभिन्न किसिमका सामग्री हस्तान्तरण गरेको हो । किसानलाई ५० प्रतिशत अनुदानमा ३५ थान मिनिटिलर, सिँचाइका लागि सात थान पानीट्याङ्की, ५० थान […]

दुई सय किसानले पाए हाते ट्याक्टर

लमजुङ (नेस) । बेंसीशहर नगरपालिकाभित्रका व्यवसायिक किसानहरूले अनुदानमा हाते ट्याक्टर (मिनिटिलर) पाएका छन् । कृषिमा उत्पादन बढाउने उद्देश्यले नगरपालिकाले ५० प्रतिशत अनुदानमा नगरभित्रका दुई सय किसानलाई हाते ट्याक्टर वितरण गरेको हो । कृषिमा यन्त्रिकरण गरी लागत घटाउन र कृषि क्षेत्रलाई प्रविधि मैत्री बनाउन नगरपालिकाले किसानलाई हाते ट्याक्टर वितरण गरेको नगर प्रमुख गुमनसिंह अर्यालले बताउनुभयो । […]

दुई सय किसानलाई हातेट्याक्टर

बेसीशहर नगरपालिकाले दुई सय किसानलाई हातेट्याक्टर वितरण गरेको छ । कृषिमा यान्त्रिकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएकाे मेयर गुमानसिंह अर्यालले  बताए ।वैदेशिक रोजगारी पश्चात गाउँ फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउने र जनशक्तिको अभावमा गाउँमा बाँझो रहेका जग्गालाई पुन: प्रयोगमा ल्याउन हातेट्याक्टर प्रभावकारी हुने अर्यालले बताए । नगरपालिकाले ७ र ६ हर्सपावर डिजेलवाला तथा ७ हर्सपावर पेट्रोलवाला गरी ३ प्रकारको मिनिटिलर हातेट्याक्टर

किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण

धादिङ । धादिङको गल्छी गाउँपालिकाले किसानलाई खेत जोत्न आधुनिक प्रविधिको हाते ट्र्याक्टर (मिनी पावर टिलर) वितरण गरेको छ । चालु आर्थिक वर्षको बजेटबाट ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गरिएको गाउँपालिकाले बताएको छ । कृषिमा यान्त्रिकीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले गाउँपालिकाले किसानलाई हाते ट्र्याक्टर प्रदान गरेको हो । गाउँपालिकाको कृषि शाखाले १७५ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको बताएको छ । गाउँपालिकाले ठेक्कामार्फत खरिद गरेर ल्याएको डिजेल इञ्जिनको मिनिटिलर ९५ थान, पेट्रोल इञ्जिनको ७९ थान र पावर टिलर एक थान गरी १७५ थान किसानलाई उपलव्ब् गराइएको गाउँपालिका कृषि शाखाका टीकाराम खतिवडाले जानकारी दिए । किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्र्याक्टर दिइएको गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले बताए । ‘गाउँका युवा विदेशीएका छन् । काम गर्ने मान्छे खोज्दा पाइँदैैन । गोरु पाल्न छाडेका छन्,’ उनले भने, ‘खेतीलाई सरल र सहज बनाउन किसानलाई हाते ट्र्याक्टर वितरण  गरेका हौं ।’ कृषिमा यान्त्रिकीकरण, व्यावसायिकीकरण र बजारीकरण गर्नुपर्ने भन्दै उनले यसका लागि किसानलाई सहयोग गरिएको बताए । कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्रको विकासका लागि किसानका मागका आधारमा कृषि औजार वितरण गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । ७७ लाख १३ हजार बजेटबाट किसानको मागका आधारमा वडामा कृषि उपकरण वितरण भइरहेको गाउँपालिका कृषि शाखाले बताएको छ । कृषि उत्पादन बढाउन र लागत घटाउन गतवर्षदेखि नै किसानलाई कृषि सामग्री वितरण थालिएको र यसबाट किसानले फाइदा उठाउने गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले बताइन् । रासस

धनकुटा नगरपालिकाको गोरुमुक्त अभियान, किसानलाई मिनी टिलर वितरण

धनकुुटा : धनकुटा नगरपालिकाले किसानलाई खेतबारी जोत्ने मेसिन (मिनी टिलर) र दुधजन्य वस्तु ढुवानी गर्न टेम्पो वितरण गरेको छ।  कृषिलाई यान्त्रिकीकरण गर्दै उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ ८० प्रतिशत अनुदानमा नगरक्षेत्रका १६ वटा कृषक समूहलाई एक एक वटा मिनिटिलर र किसानले उत्पादन गरेका दुध एवं दुधजन्य वस्तु ढुवानीका लागि दु...

कृषिमा नमूना बन्दै डाँडागाउँ

कृषि ज्ञान केन्द्र धनकुटाको सहयोगमा महालक्ष्मी नगरपालिका–३ डाँडागाउँका किसानलाई मिनिटिलर (हाते ट्याक्टर), धानमकै पिस्ने मिलसहित विभिन्न आधुनिक कृषि औजार वितरण गरिएको छ ।

किसानलाई अनुदानमा मिनिटिलर

कृषि ज्ञान केन्द्र धनकुटाले किसानलाई मिनिटिलर, टनेल, मल र बीउ वितरण गरेको छ ।