२८ वैशाख, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनविरुद्ध लामो लडाइँको तयारीमा रहेको अमेरिकाले दाबी गरेको छ । आफ्ना गुप्तचर अधिकारीको रिपोर्ट अनुसार अमेरिकाले उक्त दाबी गरेको हो । युक्रेनको पूर्वी क्षेत्र डोनबास कब्जा गर्न रुसले आफ्ना सेनालाई त्यहाँ केन्द्रित गरेको बेला अमेरिकी गुप्तचर अधिकारीको सो भनाइ सार्वजनिक भएको हो । अमेरिकाको नेशनल इन्टेलिजेन्सको प्रमुख […]
काठमाडौँ– इरानी परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या इजरेली गुप्तचर एजेन्सी मोसादले गरेको खुलासा भएको छ । अमेरिकी सञ्चार माध्यम न्यूयोर्क टाइम्सको एक रिपोर्टमा मोहसिनको हत्या इजरेली गुप्तचर एजेन्सीको टिमले गरेको उल्लेख गरिएको छ । समाचार अनुसार बेल्जियमा बनेको एफएन एमएजी मेसिनगनमा अत्याधुनिक रोबोटिक जोडेर त्यसलाई आर्टिफिशियल इन्टेलिजेन्सयुक्त बनाइएको र त्यसबाट एक मिनेटभित्र मोहसिनको हत्या गरिएको […]
३१ साउन, काठमाडौं । अफगानिस्तानको एकपछि अर्को सहर कब्जामा लिएको चरमपन्थी विद्रोही संगठन तालिबानका लडाकु राजधानी काबुल प्रवेश गरेका छन् । यससँगै राष्ट्रपति असर्फ घानीले देश छाडेका छन् । तालिबानसामु काबुल तीन महिना पनि नटिक्ने अमेरिकी गुप्तचर एजेन्सीको रिपोर्ट एक साता पहिला मात्र सार्वजनिक भएको थियो । तर, त्यसको केही दिनमै तालिबान लडाकु काबुल प्रवेश […]
अमेरिकी राष्ट्रपति जोड बाइडेनले कोरोनाको उद्गमस्थलबारे तीव्र छानविन गरेर ९० दिनभित्र रिपोर्ट पेश गर्न गुप्तचर निकायहरुलाई निर्देशन दिएका छन् । यसअघि चीनको उहान इन्स्टिच्युट अफ भिरोलोजीमा कार्यरत धेरै अनुसन्धानकर्ताहरु नोभेम्बर २०१९ मा बिरामी भएको तथ्य अमेरिकी गुप्तचरहरूले फेला पारेको थियो । त्यसयता, भाइरसको उद्गमबारे अझै गहिरोसँग अध्ययन गर्नका लागि बाइडेन प्रशासनमाथि जनदबाब परिरहेको छ ।यो भाइरस जनावरबाट फैलियो वा प्रयोगशालाबाट भन्ने विषयमा पनि स्पष्ट जाँच गर्न उनले गुप्तचर निकायहरूलाई न
साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गीको हत्याको विषयमा अमेरिकी एक गुप्तचर निकायले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको छ । यहाँको अनुसन्धानबाट तयार भएको सो प्रतिवेदनमा सो हत्यामा साउदी अरेबियाका राजकुमारको हात रहेको भनी आरोप लगाइएको छ ।
गत बिहीबार खशोग्गी हत्याको अनुसन्धान रिपोर्ट सार्वजनिक गर्न सक्ने बताइएको थियो र शुक्रबार सो अनुसन्धान रिपोर्ट अमेरिकामा सार्वजनिक गरिएको बताइएको छ । उक्त रिपोर्ट तयार पार्न अमेरिकी गुप्तचर विभाग सीआईएले मुख्य भूमिका निर्वाह गरेको बताइएको छ । उसले गरेको अनुसन्धानका आधारमा यो रिपोर्ट सार्वजनिक गरेको हो ।
काठमाण्डाै - पत्रकार जमाल खशाेग्गीको हत्यामा साउदी अरबका युवराज सलमान बिन मोहम्मद संलग्न रहेको अमेरिकी गुप्तचर विभागको रिपोर्टले देखाएको छ ।
राष्ट्रपटि जो बाइडेनको प्रशासनले रिपोर्ट सार्वजनिक गर्दै साउदी अरबका युवराज सलमान बिन मोहम्मदले खशाेग्गीको अपहरण गरेर हत्या गर्ने आदेश दिएको खुलेको दाबी गरेको छ। तर साउदीका युवराज मोहम्मदले भने खशाेग्गीको हत्या गर्ने आदेश दिएको कुरालाई अस्वीकार गरेका छन् ।
पत्रकार खशाेग्गी सन् १०१८ मा स्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासभित्र हत्या भएको अवस्थामा फेला परेका ...