विराटनगर : ‘गुहार, गुहार’ भन्दै प्रदेशसभामा नेकपा एमालेका सांसद सर्वध्वज साँवा गर्जिएका छन्। प्रदेशसभाको आइतबार बसेको बैठकको शून्य समयमा उनले आफ्नो भनाइ राख्ने क्रममा ‘गुहार गुहार’ भन्दै शुरु गरेका थिए।प्रत्येक पटक बोल्दा सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म भाइरल बनेका सांसद साँवाको क्रियाकलापप्रति कतिपय सांसदले मर्यादाभन्दा बाहिर रहेको प्रतिक्रिया दिएका छन्। उनको अभिव्यक्ति ‘नेचुअल’ भन्दा पनि ‘आर्टिफिसयल’ अर्थात् बनावटी धेरै भएको एक सांसदले