काठमाण्डाै – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताउनुभएको छ । आज शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउन्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास सम्मेलनमा उहाँले आउँदाे मङ्सिर ४ गते हुने चुनावमा आफूलाई भोट हालेर युवाको समस्या समाधानमा सहयोग गर्न आग्रह गर्नुभएको हो । उहाँले अब योजना र भिजन भएका युवा राजनीतिमा आउनुपर्ने बताउनुभयो । चौधरीले देशकाे दिगो विकास अगाडि बढाउनका लागि पैसा, शक्ति...