नेपालका बौद्ध स्मारक र मठमन्दिरबाट चोरिएका पुरातात्विक सम्पदा चीनका निजी कला संग्रहकर्ताकहाँ फेला पर्न थालेका छन् । कला–सम्पदा खोजबिन एवं पहिचानका निम्ति अग्रसर अभियान ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, गोकर्णको गोकर्णेश्वर मन्दिर क्षेत्रमा रहेको तारा/पार्वती प्रतीमासँगै रहेको घुँडा टेकेर बसिरहेका भक्त/दाताको मूर्ति चीनको झुजिन्जु आर्टस्को सग्रहमा फेला परेको छ ।