टुकुचाको सुरुङ ‘पुरातात्विक सम्पदा’ ठहर, महानगरले भत्काउन नपाउने

टुकुचालाई भूमिगत गर्न बनाइएको हात्तीसारको संरचना (सुरुङ) 'पुरातात्विक सम्पदा' प्रमाणित भएको छ । पुरातत्व विभागले गरेको अध्ययनले यसलाई संरक्षण गर्नुपर्ने निष्कर्ष निकालेसँगै काठमाडौं महानगरपालिकाले सो सुरुङ भत्काएर टुकुचा खोलालाई खुला गर्ने अभियान रोक्नुपर्ने भएको छ ।