काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षणमा सरकारसँगै समुदायको पनि दायित्व हुने बताएकी छन् । टेकु पचली क्षेत्रको पुनःनिर्मित ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदा उद्घाटन तथा हस्तान्तरण समारोहमा आज उनले सो कुरा बताएकी हुन् । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बाग्मती सुधार आयोजनाले उक्त क्षेत्रको पुनःनिर्माण सम्पन्न […]