सुरु भएको पाँच वर्षपछि पहिलो पटक फोरजी प्रयोगकर्ताको हिस्सा थ्रीजीभन्दा बढी भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको असोजसम्मको तथ्याङ्कअनुसार देशभर एक करोड २८ लाख ६० हजार फोरजी प्रयोगकर्ता छन् जब कि थ्रीजी प्रयोगकर्ता एक करोड २५ लाख ८७ हजार रहेका छन् ।
यस हिसाबले थ्रीजीको तुलनामा फोरजी प्रयोगकर्ताको सङ्ख्या साढे दुई लाखभन्दा बढी छ । नेपालमा २०७३ पुस १७ गते...