नेपाल टेलिकमले दार्चुलाको विकट क्षेत्र छाङरुमा फोरजी सेवा सुरु गरेको छ । टेलिकमले बुधबार दार्चुलाको विकट स्थान छाङरुमा फोरजी सेवा शुभारम्भ गरेको हो ।त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकाको छाङरुमा टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर फोरजी सेवा सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमका प्रवक्त शोभन अधिकारीले जानकारी दिए । योसँगै टेलिकमको फोरजी सेवा पश्चिम नेपालको अन्तिम सीमानासम्म पुगेको छ ।फोरजी सेवाका लागि टेलिकमले दार्चुलाको महाकाली नगरपालिकाको न्यु बालाशिखरस्थित रिपिटर स