दोलखा - दोलखाको २३ वटै टावरबाट नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सेवा सञ्चालनमा ल्याइएको छ ।
जिल्लाको विभिन्न पालिकामा राखिएका २३ टावरमध्ये सबैबाट फोरजी सेवा विस्तार भएको टेलिकम दोलखाका प्रमुख राजु गिरीले जानकारी दिनुभयो ।
पछिल्लो एक हप्ताको अवधिमा मात्रै जिल्लाका ४ ठाउँमा फोरजी सेवा विस्तार गरिएको छ । गौरीशङ्कर गाउँपालिका वडा नम्बर ८ खारेको टावरबाट, सिँगटी, जिरी नगरपालिकाको श्यामा र शैलुङ गाउँपालिकाको ताम्चेत दूधपोखरीमा रहेको नेपाल टेलिकमको टावरबाट फोरजी सेवा विस्तार गरिएको ...