काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज बिहान ८ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ। यो यस वर्षको अहिलेसम्मकै सवैभन्दा कम तापक्रम मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उपत्यकाको हिजोको न्युनतम तापक्रम ९ र अस्ति ९ दशमलव २ डिग्री सेल्सियस मापन भएको थियो। आज पनि दिनभर मौसम सफा हुने संभावना रहेकोले चिसो थप बढ्न सक्ने महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए। पछिल्लो मापन अनुसार जुम्लाको ता