काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। उपत्यकाको न्युनतम तापक्रम बिहान पौने ६ बजे ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो हिजोको भन्दा कम तापक्रम भएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। हिजो उपत्यकाको न्युनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो। अन्य स्थानको मौसम पनि घट्दै गएको महाशाखाले जनाएको छ। जुम्लाको तापक्रम माइनस ४ दशमलव ३ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ। यस्तै जिरी