कास्कीको माछापुच्छ्रे गाउँपालिका - १ खुमाईडाँडाबाट देखिएको माछापुच्छ्रे हिमाल । यो मनमोहक शिखर मुख्य शहर पोखराबाट लगभग २५ किलोमिटरको दूरीमा छ । यो हिमालको उचाइ ६ हजार ९९३ मीटर रहेको छ । यो शिखरको दृष्यावलोकन गर्न विश्वभरीका मानिसहरु आउने गर्दछन् । तस्वीर : रासस
पोखराको अमरसिंह चोकबाट बुधवार पानी परे लगत्तै देखिएको माछापुच्छ्रे हिमाल । यो हिमालको उचाई ६ हजार ९९८ मिटर रहेको छ ।विश्वका सुन्दर हिमालमा नेपालको माछापुच्छ्रे र आमादब्लम पर्छ । आमादब्लममा आरोहण हुन्छ तर माछापुच्छ्रेमा हालसम्म आरोहण गर्न अनुमति दिइएको छैन । तस्वीर : रासस