वैदेशिक रोजगारीका नाममा ठगी, परासीमै एक वर्षमा ७० जनाले दिए उजुरी

वैदेशिक रोजगारीका लागि जाने क्रममा ठगिएको भन्दै जिल्ला प्रशासन कार्यालय नवलपरासीमा एक वर्षमा ७० जनाले उजुरी दिएका छन् । एजेन्टहरुले मोटो रकम असुलेर विदेश नपठाएपछि उनीहरुले उजुरी दिएका हुन् ।तीमध्ये २५ जनाको रकम फिर्ता गराइएको प्रशासन कार्यालयका मुद्दा शाखाका कर्मचारी राजकुमार यादवले जानकारी दिए । उनका अनुसार कतिपय मुद्दा उजुरीकर्ता र एजेन्टहरुलाई हाजिर गराई तारेखमा राखिएको छ ।सम्पर्कमा नआउने एजेन्टहरुलाई प्रहरीद्वारा झिकाई छलफल गराइएको उनले बताए । म्यानपावरहरुले बिचौलियाको रुपमा राखेका ती एजेन्ट

सम्बन्धित सामग्री

वैदेशिक रोजगारी ठगीका उजुरी मन्त्रालयसम्म

वैदेशिक रोजगारीका नाममा चरम ठगी हुन थालेपछि यसको गुनासो वैदेशिक रोजगार विभागमा मात्र नभई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा समेत पर्न थालेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या बढेसँगै यसका नाम हुने व्यक्तिगत र संस्थागत (मेनपावर) ठगी बढेपछि वैदेशिक रोजगार विभागमा गर्नुपर्ने उजुरी मन्त्रालयमा समेत पर्न थालेको हो । मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले […]

वैदेशिक रोजगारी ठगी तीन महिनामै दोब्बर

गत वर्षको तुलनामा चालू आर्थिक वर्षको तीन महिनामै वैदेशिक रोजगारीमा हुने व्यक्तिगत ठगीको उजुरी दोब्बरले बढेको छ । कोभिड–१९ संक्रमणपछि वैदेशिक रोजगारीमा जाने युवाको संख्या वृद्धि भएसँगै ठगी गर्नेहरु पनि बढेका हुन् ।गत वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेका युवाले १० करोड रुपैयाँ ठगी भएको भन्दै उजुरी दिएका थिए । […]

वैदेशिक रोजगारीले विथोल्दै समाज : न्यायिक समितिमा उजुरीका चाङ

रेमिटेन्सको स्रोत वैदेशिक रोजगारी समाजमा कलह सिर्जनाको कारक पनि भएको छ । स्थानीय तहका न्यायिक समितिमा परेका उजुरी र गुनासा केलाउँदा घरभित्र हुने अधिकांश विवाद र अपराधका घटनामा कहीं न कहीं वैदेशिक रोजगारी जोडिएको देखिन्छ ।

वैदेशिक रोजगारी :  ठगिएको गुनासो गर्छन्, उजुरी गर्दैनन्

काठमाडौं : सरकारले वैदेशिक रोजगारीमा जाने युवालाई आर्थिक भार कम गर्न भन्दै २०७२ सालमा ’फ्रि भिसा फ्रि टिकट’ को व्यवस्था लागू गर्याे। म्यानपावर व्यवसायीबाट चरम  ठगीमा परेका नेपालीले सरकारको सो योजनाको तारिफ गरे।सरकारले मलेसिया, साउदी, कतार, यूएई, बहराइन, कुवेत, जोर्डन र ओमानमा फ्रि भिसा र फ्रि टिकट लागू गरेको थियो।  जस अन्तर्गत श्रमिकले १० हजार शुल्कमा वैदेशिक रोजगारीमा जान पाउने उल्लेख गरिएको थियो।  तर,सरकारको योजना सात वर्षसम्म पनि योजनामा नै सिमित छ। यतिवेला ती

वैदेशिक रोजगारी : छोराको उद्धारका लागि भौंतारिँदै अभिभावक

काठमाडौं :  ‘मेरो छोरा खान नपाएर मर्‍याे भने त्यसको जिम्मा तपाईं लिनु हुन्छ? सडकमा बस्नु पर्‍यो भने पनि बस्छु तर,छोरा नलिइ म गाउँ फर्किन्नँ,’ मंगलबार वैदेशिक रोजगार विभागमा छोराको उद्धारका लागि आएका एक बाबुको चित्कार हो यो।मैलो ज्याकेट, पटपट फुटेका खुट्टा, गलामा पातलो गलबन्दी ओढेका हिरालाल महतो मंगलबार वैदेशिक रोजगार विभागको उजुरी शाखामा भेटिए।उनी छोराको उद्धार गरिमाग्न गत आइतबार रौतहटबाट काठमाडौं आएका हुन्। उनका छोरा रामदिनेशसँगै शम्भु महतो, रामविनोद महतो, प्र

न्यायिक समितिमा उजुरी घट्दो

जुम्ला । जिल्लाको स्थानीय तहका न्यायिक समितिमा उजुरी कम पर्ने गरेको छ । न्याय निरूपणका लागि स्थानीय तहमा न्यायिक समितिको व्यवस्था भए पनि न्याय सम्पादन प्रभावकारी हुन नसक्दा उजुरीमा कमी आएको बताइएको छ, जसकारण अधिकांश सर्वसाधारण प्रहरी चौकीमै उजुरी दिने गर्छन् । जिल्लाका आठओटै स्थानीय तहमा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति छ । जिलाको गुठिचौर गाउँपालिकामा अहिलेसम्म ५९ उजुरी परे । गत आर्थिक वर्षमा ४१ उजरी परेकोमा यो वर्ष १८ उजुरी परेका छन् । यी सबै घरेलु हिंसा, झैझगडा र कुटपिटका उजुरी हुन् । यी उजुरी हेर्न स्थानीय तहमा न्यायिक समिति छ । तर न्यायिक समितिको विश्वास नमानेर प्रहरीकोमा उजुरी दिन जाने गरिएको सो गाउँपालिकाको झारज्वालामा रहेको प्रहरी चौकीका सहायक निरीक्षक कमलकुमार श्रेष्ठले बताए । प्रहरी चौकीमा समाधान गर्न सकिने उजुरी उपर चौकीमै कारबाही हुने गरेको छ । जटिल खालका उजुरी आएपछि जिल्ला प्रहरी कार्यालय पठाइन्छ । चेतनाको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको प्रहरीले बताएको छ । गुठिचौर गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक जानदेवी ऐडीका अनुसार न्यायिक समितिमा उजुरी निकै कम पर्ने गरेको बताए । ‘पहिलेदेखि उजुरी प्रहरीकोमा दिने बानी परेकाले स्थानीयवासी अहिले पनि प्रहरीमै उजुरी दिने गरेका छन्,’ उनले भने । गाउँपालिकामा आउने उजुरीको समाधान छलफलका माध्यमबाट गरिँदै आएको छ । पछिल्लो समय घरेलु हिंसाको घटना बढ्दै जानुमा वैदेशिक रोजगारी मुख्य समस्याको रूपमा देखापरेको गाउँपालिका न्यायिक समितिका संयोजक ऐडीले बताए । अधिकांश स्थानीय तहमा उजुरी उपर छलफल गर्नको लागि आफ्नो इजलास बनेको छैन । न्यायिक कर्मचारी नहुँदा काम गर्न समस्या भएको स्थानीय तहका न्यायिक समितिका संयोजक बताउँछन् । रासस

वैदेशिक रोजगारीमा बाध्यकारी श्रमका उजुरी शून्य

वैदेशिक रोजगारी बाध्यकारी श्रमको चपेटामाबाध्यकारी वैदेशिक रोजगार, बाल श्रम र रोजगारीका लागि मानव ओसारपसारका घटना बढ्दै गएपनि यस विरुद्धका उजुरी भने शून्य रहेको छ । श्रमिकको इच्छा विपरित परिबन्दमा पारेर गरिने स्वदेशी वा वैदेशिक रोजगारीमा बाध्यकारी श्रम भर्नाका घटना बढेपनि उजुरी भने अदालतमा दर्ता नभएको हो ।श्रमसँग सम्बन्धित विभिन्न अपराधका घटनामा फरक फरक कानुन आकर्षित […]

वैदेशिक रोजगारी मुद्धा र सिडियोको भूमिका

वैदेशिक रोजगार ऐनले वैदेशिक रोजगारीसम्बन्धी उजुरी प्रमुख जिल्ला अधिकारी सीडीओले पनि हेर्ने व्यवस्था गरेको छ । व्यक्तिगत र संस्थागत दुवै उजुरी प्रमुख जिल्ला अधिकारी समक्ष दिन सकिन्छ । तर सीडीओले व्यक्तिगत उजुरी मात्रै हेर्छन् । संस्थागत उजुरी भने कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाउनु पर्ने कानुनी व्यवस्था छ ।

श्रम कल सेन्टर : १० महिनामा झण्डै ७ हजार गुनासो, ६ हजारभन्दा धेरै गुनासो सम्बोधन

काठमाण्डौ – श्रम मन्त्रालयको कल सेन्टरमा गएका १० महिनामा मात्रै झण्डै ७ हजार उजुरी तथा गुनासो प्राप्त भएको छ । वैदेशिक रोजगारी, श्रम तथा सामाजिक सुरक्षाको विषयमा गुनासो र उजुरी सुन्नका लागि स्थापना गरिएको कल सेन्टरमा माघ २९ गतेसम्म ६ हजार ८९६ उजुरी तथा गुनासो प्राप्त भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । कल सेन्टरमा फोन, ह्वाट्सएप, फेसबुक लगायतका माध्यममार्फत देश तथा विदेशबाट गुनासो तथा उजुरी टिपाउन सकिन्छ । यसरी प्राप्त भएका ६ हजार ८९६ उजुरी तथा गुनासोमध्ये ६ हजार ४२० वटा सम्बोधन भएको मन्...

वैदेशिक रोजगारी ठगीमा न्याय सुस्त

सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न विभिन्न योजना ल्याइरहे पनि यो क्षेत्रमा हुने ठगी र न्याय सम्पादनको अवस्था भने दयनीय रहेको देखिएको छ । वैदेशिक रोजगारीमा लैजाने प्रलोभन देखाएर ठगीमा परेर उजुरी दिने युवाको संख्याको तुलना गर्दा न्याय पाउनेको संख्या न्यून छ ।