सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न विभिन्न योजना ल्याइरहे पनि यो क्षेत्रमा हुने ठगी र न्याय सम्पादनको अवस्था भने दयनीय रहेको देखिएको छ । वैदेशिक रोजगारीमा लैजाने प्रलोभन देखाएर ठगीमा परेर उजुरी दिने युवाको संख्याको तुलना गर्दा न्याय पाउनेको संख्या न्यून छ ।