न्यायिक समितिमा उजुरी घट्दो

जुम्ला । जिल्लाको स्थानीय तहका न्यायिक समितिमा उजुरी कम पर्ने गरेको छ । न्याय निरूपणका लागि स्थानीय तहमा न्यायिक समितिको व्यवस्था भए पनि न्याय सम्पादन प्रभावकारी हुन नसक्दा उजुरीमा कमी आएको बताइएको छ, जसकारण अधिकांश सर्वसाधारण प्रहरी चौकीमै उजुरी दिने गर्छन् । जिल्लाका आठओटै स्थानीय तहमा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति छ । जिलाको गुठिचौर गाउँपालिकामा अहिलेसम्म ५९ उजुरी परे । गत आर्थिक वर्षमा ४१ उजरी परेकोमा यो वर्ष १८ उजुरी परेका छन् । यी सबै घरेलु हिंसा, झैझगडा र कुटपिटका उजुरी हुन् । यी उजुरी हेर्न स्थानीय तहमा न्यायिक समिति छ । तर न्यायिक समितिको विश्वास नमानेर प्रहरीकोमा उजुरी दिन जाने गरिएको सो गाउँपालिकाको झारज्वालामा रहेको प्रहरी चौकीका सहायक निरीक्षक कमलकुमार श्रेष्ठले बताए । प्रहरी चौकीमा समाधान गर्न सकिने उजुरी उपर चौकीमै कारबाही हुने गरेको छ । जटिल खालका उजुरी आएपछि जिल्ला प्रहरी कार्यालय पठाइन्छ । चेतनाको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको प्रहरीले बताएको छ । गुठिचौर गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक जानदेवी ऐडीका अनुसार न्यायिक समितिमा उजुरी निकै कम पर्ने गरेको बताए । ‘पहिलेदेखि उजुरी प्रहरीकोमा दिने बानी परेकाले स्थानीयवासी अहिले पनि प्रहरीमै उजुरी दिने गरेका छन्,’ उनले भने । गाउँपालिकामा आउने उजुरीको समाधान छलफलका माध्यमबाट गरिँदै आएको छ । पछिल्लो समय घरेलु हिंसाको घटना बढ्दै जानुमा वैदेशिक रोजगारी मुख्य समस्याको रूपमा देखापरेको गाउँपालिका न्यायिक समितिका संयोजक ऐडीले बताए । अधिकांश स्थानीय तहमा उजुरी उपर छलफल गर्नको लागि आफ्नो इजलास बनेको छैन । न्यायिक कर्मचारी नहुँदा काम गर्न समस्या भएको स्थानीय तहका न्यायिक समितिका संयोजक बताउँछन् । रासस

सम्बन्धित सामग्री

पोखराको न्यायिक समितिमा छिमेकीदेखि मेयरविरुद्ध समेत उजुरी

२४ भदौ, पोखरा । गत आर्थिक वर्षमा पोखरा महानगरपालिकाको न्यायिक समितिमा उजुरी प¥यो । विषय थियो, छिमेकी घरको बलेंसीबाट चुहिने पानीले दुःख दिएको । दुई छिमेकीबीच बलेंसीबाट चुहिने पानीकै कारण बेमेल भएपछि विवाद महानगरसम्म पुगेको थियो । महानगरको न्यायिक समिति अभिलेख प्रशासक सोम लम्सालका अनुसार मापदण्डअनुसार नै संरचना बनाए पनि कहिलेकाहीं ठूलो पानी पर्दा बलेंसीबाट […]

स्थानअनुसार न्यायिक समितिमा आउने उजुरीको प्रकृति फरक

स्थानीय तहको न्यायिक समितिमा आउने उजुरीका प्रकृति फरकफरक रहेका छन् । काठमाडौँ महानगरपालिकामा घरबहालका उजुरी बढी आउँछन् भने तराईका जिल्लामा जग्गा विवादका उजुरी बढी आउने गरेको सम्बन्धित न्यायिक समिति संयोजकले जानकारी दिएका छन् । त्यसैगरी स्याङ्जा, इलाम र प्यूठानका केही न्यायिक समितिमा पारिवारिक विमेलका उजुरी बढी आउने गरेको बताइएको छ ।तराईका स्थानीय तहमा न्यायिक समितमा […]

टोलमै पुगेर विवाद मिलाउँदै नेचासल्यान गाउँपालिकाको न्यायिक समिति

सोलुखुम्बु – नेचासल्यान गाउँपालिका वडा नम्बर ४ की डम्मरकुमारी बाँस्तोलाले श्रीमानले सौता ल्याएको र आफूलाई ललाइफकाइ कमाइको आधा सम्पत्ति र पेन्सनसमेत आधा दिन्छु भनेर गरेको सहमति कार्यान्वयन नभएको भन्दै श्रीमानले गरेको वाचाअनुसार न्याय पाउनुपर्ने मागसहित गएको कात्तिक २९ गते न्यायिक समितिमा उजुरी दिनुभयो । आफ्नै नाता पर्ने मान्छेलाई सौता भित्र्याएपछि आफूलाई छुट्याएर राख्दा घर चलाउन समस्या परेको बाँस्तोलाको निवेदनमा उल्लेख छ ।  यसअघिको अभ्यासमा यस्ता उजुरीमा वादी/प्रतिवादी दुवैलाई पालिका झिकाइ न्यायिक समितिमा कचहरी ...

अछामका न्यायिक समितिमा उजुरीको संख्या बढ्दै, सबै मिलापत्रमा टुंग्याइँदै

अछाम- अछामका स्थानीय तहका न्यायिक समितिमा उजुरीको संख्या बढ्न थालेका छन् । धेरैजसो मुद्दा तथा उजुरी मेलमिलापको माध्यमबाट फर्स्योट हुने भएकाले आमनागरिकको विश्वास र भरोसा बढेको साँफेबगर नगरपालिकाका न्यायिक समिति संयोजक विमलादेवी बुड्थापा बताउँछिन् । चार वर्षमा साँफे नगरपालिकाको न्यायिक समितिमा अहिलेसम्म ३३ वटा उजुरी परेको छ । न्यायिक समितिमा आएका उजुरीमध्ये अधिकांश घरेलु हिंसा […]

न्यायिक समिति : कानुन बाहिरका 'न्यायालय'

नीय सरकार सञ्चालन ऐन २०७४ ले गरेको ब्यवस्था अनुरुप स्थानीय तहमा सञ्चालन भएका न्यायिक समितिहरुले समितिमा परेका मुद्दाहरु तीन महिना भित्रमै टुंग्याउनु पर्ने व्यवस्था गरेको छ। तर न्यायिक समितिहरुले भने कार्यबिधिले तय गरेको अवधि भित्र उजुरी उपरको कारबही गर्न ...

न्यायिक समिति गुहार्नेको संख्या बढ्यो

काठमाडौं महानगरको न्यायिक समितिमा लकडाउनयता घरकोठा खाली गरिपाउँ भन्ने उजुरी संख्या बढेको छ । चालू आर्थिक

दुई वर्षसम्म न्यायिक समितिमा शून्य उजुरी

हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिकाको न्यायिक समितिमा अहिलेसम्म एउटा उजुरी पनि परेको छैन । न्यायिक समिति स्थापना भएको दुई वर्ष बितिसक्दा पनि समितिमा अहिलेसम्म कुनै मुद्दा तथा उजुरी नपरेको हो । संघियता कार्यन्वयनसँगै स्थानिय तहमा निर्वाचित जनप्रतिनिधीहरुले काम शुरु गरेको पनि दुई वर्ष बितिसकेको छ । जनप्रतिनिधीले काम कारवाहि शुरु गरेसँगै प्रक्रियागत रुपमा गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति गठन भएको थियो । तर गाउँपालिकामा अहिलेसम्म कुनै एउटा उजुरी पनि नआएको गाउँपालिका उपाध्यक्ष मेंख्यु गुरुङले बताइन् ।

सुँगुर, बंगुरले दुर्गन्ध फैलाएको मुद्दा न्यायिक समितिमा

१० साउन, ललितपुर । ललितपुर महानगरपालिका बस्तीनजिक सुँगुर, बुंगुरलगायतका जनावर पाल्दा दुर्गन्ध फैलिएको भन्दै न्यायिक समितिमा उजुरी परेको छ । महानगरपालिकाका उपप्रमुखको अध्यक्षतामा रहने न्यायिक समितिमा बंगुरलगायतका पशु पाल्दा विभिन्न खालका प्रदूषण फैलिएको भन्दै स्थानीयवासीले उजुरी दिन थालेका हुन् । महानगरपालिकामा सबैभन्दा बढी प्रदूषणसम्बन्धी मुद्दा आइरहेको न्यायिक समिति सदस्य ज्ञानभक्त डंगोलले बताए …

पत्नीपीडित पुरुषको उजुरी बढी

जनकपुरधाम : जनकपुर उपमहानगरपालिकामा गठित न्यायिक समितिमा पत्नी पिडित पुरुषले न्याय पाउन सबभन्दा बढि निवेदन दिएका छन्। न्यायिक समिति गठन भएको एक महिनाभित्र विभिन्न प्रकृतिका २८ वटा मुद्दा दर्ता भए

गुल्मीका स्थानीय तहका न्यायिक समितिमा न्यून उजुरी - Naya Patrika

जिल्ला प्रहरी कार्यालयमा उजुरीका चाङ गुल्मीका सबै स्थानीय निकायमा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन भइसकेको छ । तर, जिल्ला प्रहरी कार्यालयमा उजुरी आउने क्रम भने रोकिएको छैन । जिल्ला प्रहरी...पूरा पढ्नुहोस् »