काठमाडौं : ‘मेरो छोरा खान नपाएर मर्याे भने त्यसको जिम्मा तपाईं लिनु हुन्छ? सडकमा बस्नु पर्यो भने पनि बस्छु तर,छोरा नलिइ म गाउँ फर्किन्नँ,’ मंगलबार वैदेशिक रोजगार विभागमा छोराको उद्धारका लागि आएका एक बाबुको चित्कार हो यो।मैलो ज्याकेट, पटपट फुटेका खुट्टा, गलामा पातलो गलबन्दी ओढेका हिरालाल महतो मंगलबार वैदेशिक रोजगार विभागको उजुरी शाखामा भेटिए।उनी छोराको उद्धार गरिमाग्न गत आइतबार रौतहटबाट काठमाडौं आएका हुन्। उनका छोरा रामदिनेशसँगै शम्भु महतो, रामविनोद महतो, प्र