नागरिक एपमा वाग्मतीको सञ्चार रजिष्ट्रार कार्यालयबाट जारी पत्रकार कार्ड हेर्न मिल्ने

काठमाडौं :सञ्चार रजिष्ट्रार कार्यालय वाग्मती प्रदेशले जारी गरेको पत्रकार परिचयपत्र अब नागरिक एपमा पनि हेर्न सकिने भएको छ। सञ्चार रजिष्ट्रार कार्यालय बाग्मती प्रदेशबाट पत्रकार परिचयपत्र लिएका पत्रकारहरुले आफनो परिचयपत्र हराएमा वा छुटेमा देखाउनु पर्ने स्थानमा नागरिक एपबाट देखाउन सक्नेछन्। नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय सूचना प्रविधि…

सम्बन्धित सामग्री

सञ्चार विधेयक ल्याउन छलफल जारी छ : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशको सञ्चार विधेयक ल्याउन सञ्चारकर्मीसहित अन्य सरोकार पक्षसँग छलफल भइरहेको बताएका छन् । क्रियाशील पत्रकार महिला गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित स्व। हरिशचन्द्र वाग्ले क्रियाशील पत्रकारिता पुरस्कारद्वारा पत्रकार सोनी शर्मालाई सम्मान गर्दै उनले सञ्चार विधेयक आएसँगै गण्डकी प्रदेशको पत्रकारिता थप मर्यादित हुने विश्वास व्यक्त गरे । […]

पत्रकार महासंघ लुम्बिनी प्रदेश साधारण सभामा १० बुँदे घोषणपत्र जारी

दाङ – नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति तेस्रो साधारणसभा राप्ती उपत्यका देउखुरीमा १० बँुदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। साधारणले लुम्बिनी प्रदेशमा रहेका सम्पूर्ण सञ्चारकर्मीहरूको पेशागत हकहित तथा सुरक्षाको सम्बद्र्धन गर्दै श्रमजीवी पत्रकार ऐन अक्षरशः कार्यान्वयन गर्नको लागि सरकार तथा सम्बद्ध पक्षसँग माग राखेको छ। लुम्बिनी प्रदेश सरकारमा स्पष्ट देखिनेगरी सञ्चार मन्त्रालय उल्लेख […]

सञ्चार विधेयक तत्काल पारित गर्न माग

प्रदेश १ सरकारले संसदमा पेश गरेको प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०७८ पारित तत्काल पारित गर्न नेपाल पत्रकार महासंघ प्रदेश समितिले माग गरेको छ ।  महासंघका महासचिव विवेक गौतमले आज एक विज्ञप्ति जारी गर्दै २०७८ फागुन ११ गते प्रदेशसभामा दर्ता भएको विधेयक अहिलेसम्म पारित नभएको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।‘प्रदेशको सञ्चार माध्यमहरूको व्यवस्थापन, पत्रकारहरुको क्षमता विकास, सञ्चार माध्यमको दर्ता र नवीकरण, समानुपातिक विज्ञापन वितरणसहित सञ्चार क्षेत्रको विक

पारिश्रमिक नदिने सञ्चार गृहविरुद्ध महांसघले गर्यो आन्दोलन घोषणा

काठमाडौं : विभिन्न बहानामा श्रमजीवी पत्रकार निष्काशन गर्ने, दबाब दिएर बिदामा राख्ने, तलब–भत्ता कटौती गर्ने, जथाभावी सरुवा गर्ने र नियमित पारिश्रमिक नदिनेलगायत सञ्चार गृहहरूका गतिविधिविरुद्ध नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ। महासंघले आज पत्रकार सम्मेलन गरेर सोमबारदेखि विभिन्न सञ्चार गृहमा धर्नालगायत आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो।पत्रकारहरूको छाता संगठन महासंघले आज (आइतबार) यसबारे विज्ञप्तिसमेत जारी गरेको छ। वैशाख ५ र ६ गते राजधानीक

नेपाल पत्रकार महासंघ प्रदेश १ द्वारा ११ बुँदे घोषणपत्र जारी

मोरङ – नेपाल पत्रकार महासंघ प्रदेश १ को प्रदेशस्तरीय भेलाले विभिन्न ११ बुँदे घोषणपत्र जारी गरेको छ। विराटनगरमा बिहीबार सम्पन्न भेलाले कोरोना संक्रमणका बहानामा सञ्चारगृहबाट निष्कासन, बेतलबी बिदामा राख्ने, तलब घटाउनेलगायत कार्य गर्न दबाबमूलक कार्यक्रम गर्ने जनाएको छ। भेलाले साना तथा स्वरोजगारमुखी सञ्चार गृहको प्रवद्र्धनका लागि समानुपातिक विज्ञापनसँगै स्थानीय विज्ञापन स्थानीय सञ्चारगृहलाई उपलब्ध गराउन मातहतको […]

युक्रेनमा १८ पत्रकार मारिए

काठमाडौं : युक्रेनमा एक महिनाभन्दा लामो समयदेखि जारी रुसी आक्रमणमा १८ जना पत्रकार मारिएका छन्। गत फेब्रुअरी २४ मा रुसले सुरु गरेको आक्रमणको रिपोर्टिङका क्रममा हालसम्म १८ जना पत्रकार मारिएको युक्रेनको संस्कृति तथा सञ्चार मन्त्रालयले जनाएको छ। मन्त्रालयले टेलिग्राममा सार्वजनिक गरेको विवरणअनुसार १५ पुरुष र ३ महिला पत्रकार मारिएका हुन्। रिपोर्टिङका क्रममा अन्य १३ पत्रकार घाइते भएका छन्। ८ पत्रकार अपहरणमा परेको र ३ पत्रकार बेपत्ता भएको मन्त्रालयको तथ्यांक छ। विश्वभरका पत्रकारहरुको बारे

सञ्चार प्रतिष्ठानमा देखिएको श्रम समस्या तत्काल समाधान गर्न महासंघकाे आग्रह

काठमाडौं : नेपाल पत्रकार महासंघले विभिन्न सञ्चार प्रतिष्ठानमा देखिएको श्रम समस्या समस्या तत्काल समाधान गर्न सम्बन्धित सञ्चार गृहलाई आग्रह गरेको छ।महासंघ केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यको बिहीबार काठमाडौंमा बसेको बैठकले श्रमजीवी पत्रकारको श्रम समस्यालगायतका विषयमा छलफल गर्दै उक्त आग्रह गर्ने निर्णय गरेको हो।‘नागरिक दैनिकलगायत विभिन्न सञ्चार प्रतिष्ठानमा देखिएको श्रम समस्या समस्या तत्काल समाधान गर्न सम्बन्धित सञ्चार गृहलाई आग्रह गर्दछ’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको

सञ्चार क्षेत्रका मुद्दा सम्बोधनमा विभेद : महासंघ

नेपाल पत्रकार महासंघ काठमाडौ जिल्ला शाखाले सरकारले अध्यादेशमार्फत सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शाखाका सचिव महेश्वर गौतमले आइतबार विज्ञप्ति जारी गर्दै बजेटमार्फत सरकारले नेपाली सञ्चार क्षेत्रका मुद्दालाई सम्बोधन गर्ने प्रयास गरेपनि यो प्रयास अपूर्ण र विभेदकारी रहेको ठहर गरेको छ ।‘सरकारले सार्वजनिक गरेको बजेटमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका र ती कालखण्डमा नागरिकलाई सुसूचित र सचेत गराउँ

प्रदेश सञ्चार प्रतिष्ठान स्थापना गर्न माग

पत्रकार महासंघ सुदूरपश्चिमको साधारण सभामा १२ जना पत्रकारसहित १४ सम्मानितधनगढी- नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको दोस्रो साधारण सभाले सुदूरपश्चिमका पत्रकारहरूको पेशागत सुरक्षाका लागि प्रदेश सरकारले सञ्चार प्रतिष्ठान स्थापना गर्न माग गरेको छ, ।कैलालीको गोदावरीमा शुक्रबार सम्पन्न साधारणसभाले सो माग सहित ६ बुँदे घोषणापत्र जारी गरेको हो । साधारणसभाले सुदूरपश्चिमको पत्रकारितालाई व्यावसायिक तथा मर्यादित पेशा […]