नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याट्सम्यान रोहित कुमार पौड्यालले एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध शतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहितले ९१ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै १०० रन पूरा गरेका हुन् ।नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने दोस्रो खेलाडी बनेका छन् । यसअघि नेपालका लागि पारस खड्काले २०१९ यूएईविरुद्ध शतक प्रहार गरेका थिए ।रोहितको शतकसँगै नेपालले ४० ओभर ५ बलक