काठमाण्डौ - दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा महादीपदान गर्न बिहानैदेखि भक्तजनको चहलपहल बढ्न थालेको छ। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भिड लाग्ने गर्छ।
यस अवसरमा पशुपति क्षेत्रमा महादीपदान गर्न लाखौँ भक्तजन आउने भएकाले ठाउँ लिन बिहानैदेखि भक्तजनको चहलपहल बढेको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो ।
त्रयोदशीक...