पशुपतिमा दिवंगत पितृका नाममा महादीपदान गर्ने भक्तजनहरुको भीड (फोटो)

पशुपति क्षेत्रमा दिवंगत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको भीड लागेको छ । हज्जारौं भक्तजनहरू बिहीबार साँझदेखि दिवंगत पितृका नाममा बत्ती बालेर जाग्राम बसेका छन् ।मार्गशीर्षकृष्ण त्रयोदशीको बेलुकी पशुपतिनाथमा दिवङ्गत पितृका नाममा महादीपदान गरिन्छ । रातभर जाग्राम बसेर मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान दीप वाग्मतीमा सेलाएर पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छरिन्छ । यसो गरेमा दिवङ्गत पितृको सद्गति हुनुका साथै शान्ति पाउने धार्मिक विश्वास छ । ।

सम्बन्धित सामग्री

पशुपतिमा आज महादीपदान

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा महादीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज (आइतबार) बेलुकीदेखि हुँदै छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात अर्थात् आज (आइतबार) राति दिवङ्गत पितृका नाममा महादीपदान बालेर गर्न चलन रहिआएको छ । बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा दीप प्रज्ज्वलनदेखि मुख्य क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाएको जनाएको छ ।

महादीपदान गरी बसेका भक्तजनले शतबीज छरे

६ मंसिर, काठमाडौं । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन सोमबार राति पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरी बसेका भक्तजनले बिहान स्नान गरी शतबीज छरेका छन् । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै महादीपदान गरिन्छ । यो पर्वलाई पशुपतिनाथ मेलाका रुपमा समेत चिनिन्छ । […]

महादीपदान गरी बसेका भक्तजनले शतबीज छरे

मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन सोमबार राति पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरी बसेका भक्तजनले बिहान स्नान गरी शतबीज छरेका छन् । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै महादीपदान गरिन्छ । यो पर्वलाई पशुपतिनाथ मेलाका रुपमा समेत चिनिन्छ । महादीपदान गर्न सोमबार बिहानैदेखि […]

पशुपतिमा महादीपदान गर्ने भक्तजनको बिहानैदेखि चहलपहल

दिवंगत पितृको सद्गतिको कामना गर्दैपशुपति क्षेत्रमा महादीपदान गर्न सोमबार बिहानैदेखि भक्तजनको चहलपहल बढ्न

पशुपतिमा महादीपदान

काठमाडौं । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथ लगायत देशभरका शिवालयमा महादीपदान गरिएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्र लगायत देशभरका शिवालयमा महादीपदान गरिन्छ । पितृका नाममा बत्ती बाल्न पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले सोमबार साँझ विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । त्रयोदशीको बेलुकीदेखि […]

पशुपतिमा महादीपदान गर्ने भक्तजनको बिहानैदेखि चहलपहल

काठमाण्डौ - दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा महादीपदान गर्न बिहानैदेखि भक्तजनको चहलपहल बढ्न थालेको छ। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भिड लाग्ने गर्छ। यस अवसरमा पशुपति क्षेत्रमा महादीपदान गर्न लाखौँ भक्तजन आउने भएकाले ठाउँ लिन बिहानैदेखि भक्तजनको चहलपहल बढेको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो । त्रयोदशीक...

पशुपतिमा महादीपदान गर्ने भक्तजनको बिहानैदेखि चहलपहल

काठमाडौँ,५ मँसिर । दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै पशुपति क्षेत्रमा महादीपदान गर्न बिहानैदेखि भक्तजनको चहलपहल बढ्न थालेको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै महादीपदान गर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ । यस अवसरमा पशुपति क्षेत्रमा महादीपदान गर्न लाखौँ भक्तजन आउने भएकाले ठाउँ लिन बिहानैदेखि भक्तजनको […]

महादीप दान गर्नेसँग शुल्क लिए कारबाही : पशुपति क्षेत्र विकास कोष

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी पशुपति क्षेत्रमा महादीपदान गर्न आउने भक्तजनसँगशुल्क नउठाउने जनाएको छ। कोषले रातभर आफैँ महादीपदान कुरेर बस्ने भक्तजनले कुनै शुल्क तिर्नुनपर्ने बताएको हो। दीप कुरेर बस्ने भक्तजनसँग कसैले पैसा मागेमा प्रहरीलाई खबर गर्न पनि कोषले आग्रह गरेको छ। महादीपदान छोडेर जाने भएमात्र कोषका तर्फबाटएक हजार पाँच सय पाँचको रसिद काट्न आह्वान गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए।पशुपति क्षेत्रमा सो

बालाचतुर्दशी: पशुपतिनाथलगायत देशभरका शिवालयमा महादीपदान पर्व मनाइँदै

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा गरिने महादीपदान पर्व आज मनाइँदैछ । यसअन्तर्गत पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड सुरु हुन्छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै […]