सरकारले आफ्नो गरिब मारा निर्णय तत्काल सच्याओस्: सांसद लोहनी

काठमाडौं। नेकपा एमालेका सांसद खेमप्रसाद लोहनीले भूमिहीन गरिब किसानलाई भूमि व्यवस्था गर्न ठिक्क परेको आयोग विघटन गरेर सरकारले गरिब मारा काम गरेको आरोप लगाएका छन्। उनले तत्काल आफ्नो गरिब मारा निर्णय सच्याउन सरकारसँग माग गरे। प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसद लोहनीले सरकारले आफ्नो कमजोरी हटाई, खारेज गरेको भूमिसम्बन्धी आयोगको तत्काल पुनर्बहाली गर्नुपर्ने बताए।

सम्बन्धित सामग्री

गरिब परिचय पत्रको म्याद थपिने

६ चैत, काठमाडौं । सरकारले यसअघि वितरण गरेको गरिब परिचयपत्रको म्याद थप्ने भएको छ । २०७४ सालमा २५ जिल्लामा गरिब परिचय पत्र वितरण भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनुसार विगत भएका गरिब परिचय पत्रको म्याद थप गर्ने र बाँकी जिल्लामा यसलाई विस्तार गरिँदैछ । यो अभियान मार्फत सरकारले अतिगरीब नागरिकको प्रिमियमको व्यवस्था गरी […]

गरिब र विपन्न विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले बजेटमार्फत घोषणा गरेको गरिब र विपन्न विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षाको कार्यक्रम कार्यान्वयनमा ल्याएको बताएका छन्।...

६ लाखभन्दा धेरै परिवारलाई गरिब परिचयपत्र वितरण

काठमाण्डौ – सरकारले छ लाख १५ हजार एक सय ६१ घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न ४९ जिल्लामा गरिब पहिचान गरी परिचयपत्र वितरण गरेको हो । सरकारले उनीहरूको आय तथा व्ययको स्रोत, घरको अवस्था, जीवनशैली, शिक्षाको अवस्थालगायतको सूचकाङ्क अध्ययन गरी अतिगरिब, मध्यम गरिब र सामान्य गरिबका रूपमा वर्गीकरण गरेर पहिचान गरेको छ । वार्षिक प्रतिव्यक्ति २२ हजार ९ सय १९ रुपैयाँ खर्च गर्न नसक्नेलाई गरिब मानिएको छ । तीनै तहका सरकारले गरिब लक्षित कार्यक्रम सञ्चालन ग...

गरिब घरपरिवारलाई परिचयपत्र वितरण

काठमाडौं, १९ असार । सरकारले ६ लाख १५ हजार एक सय ६१ घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रलायले विभिन्न ४९ जिल्लामा गरिब पहिचान गरी परिचयपत्र वितरण गरेको हो। सरकारले उनीहरूको आय तथा व्ययको स्रोत, घरको अवस्था, जीवनशैली, शिक्षाको अवस्थालगायतको सूचकाङ्क अध्ययन गरी अतिगरिब, मध्यम गरिब र सामान्य गरिबका […]

गरिब घरपरिवारलाई दुई वर्षभित्र परिचयपत्र प्रदान गरिने

काठमाडौं,५ जेठ । सरकारले गरिब घरपरिवार पहिचान र गरिब परिचय पत्र वितरण दुई वर्षभित्र सम्पन्न गर्ने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८० ८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण दुई वर्षभित्र सम्पन्न गर्ने बताएका हुन् । उनले गरिब घर […]

गरिब पहिचानमा राजनीति

काठमाडौं । सरकार विपन्न नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएर गरिबको खोजीमा निस्केको एक दशक हुन लागेको छ । यस अवधिमा गरिब पहिचानका नाममा राज्यकोषबाट अर्बौं रुपैयाँ खर्च भइसकेको छ । तर वास्तविक गरिबको पहिचान अझै हुन सकेको छैन । सरकारले गरिब जनताको खोजी कार्य आर्थिक वर्ष २०७०/७१ देखि सुरु गरेको हो । ‘गरिब घरपरिवार […]

गरिब पहिचानका नाममा अर्बौं रुपैयाँ स्वाहा

सरकार विपन्न नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएर गरिबको खोजीमा निस्केको एक दशक हुन लागेको छ। यस अवधिमा गरिब पहिचानका नाममा राज्यकोषबाट अर्बौं रुपैयाँ खर्च भइसकेको छ। तर वास्तविक गरिबको पहिचान अझै हुन सकेको छैन ।सरकारले गरिब जनताको खोजी कार्य आर्थिक वर्ष २०७०/७१ देखि सुरु गरेको हो। 'गरिब घरपरिवार सहयोग समन्वय बोर्ड' गठन गरेर गरिब पहिचान गर्न सुरु गरेको सरकारको काम अहिलेसम्म पनि जारी छ। तर मुलुकभर कति गरिब छन् भन्ने तथ्यांक अझै आउन सकेको छैन । यसको मूल कारण गरिब पहिचान कार्यक्रम

गरिब तथा विपन्न परिवारलाई सरकारले सुविधा कार्ड उपलब्ध गराउने

गरिब तथा विपन्न घरपरिवारलाई सरकारले सुविधायुक्त परिचयपत्र (सुविधा कार्ड) उपलब्ध गराउने भएको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम प्रस्तुत गरेको सरकारले पहिचानका आधारमा यस्ता गरिब तथा विपन्न घरपरिवारलाई राज्य सुविधा परिचयपत्र प्रदान गर्ने जनाएको हो ।परिचयपत्र वितरण गरी गरिब तथा विपन्न घरपरिवार लक्षित सेवासुविधालाई सोही परिचयपत्रसँग आवद्ध गरिने समेत बताएको छ । यस्तै हिमाली तथा उच्च पहाडी जिल्लामा सञ्चालित जीविकोपार्जन कार्यक्रमलाई मानव विकास सूचकाङ्कमा पहाडी परेका जि

सरकारले गरिब परिवारलाई राहत स्वरुप १० हजार वितरण गर्ने

अर्थ मन्त्रालयले अतिविपन्न गरिब परिवारलाई राहत स्वरुप १० हजार वितरण गर्ने कार्यक्रमका सुरु गर्ने सूचना प्रकाशन गरेको छ ।राहतका नाममा कार्यकर्ता पोस्न नगद नै वितरण गर्न थालिएको भन्दै चर्को विरोध भए पनि सरकारले भने नगद नै वितरण गर्न सूचना निकालेको हो । कोभिड–१९ को प्रभावबाट रोजगारी र आर्यआर्जनको अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रमा रहेका […]

कांग्रेस नेतृत्वको सरकारले गरिब जनतालाई लालपुर्जा वितरण गर्ने

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले समसामयिक विषयमा आ–आफ्नो धारणा राख्दै विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।सांसद अतहर कमाल मुलसमानले विगतमा ओली सरकारले बालुवाटार र भैंसेपाटीका सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न खोजेको व्यंग्य गर्दै कांग्रेस नेतृत्वको सरकारले गरिब जनतालाइृ लालपुर्जा वितरण गर्ने बताउनुभयो । उनले भने, ‘नेपाली कांग्रेसले गरिब जनतालाई लालपुर्जा वितरण गर्न खोजेको हो । बालुवाटार […]