सागको ‘साइक्लिङ’ले शुक्रवार र शनिवार प्रभावित हुँदैछन् यी सडक, अत्यावश्यक सवारीमात्र चलाउन आग्रह

काठमाडौँः कलंकी कोटेश्वर हुँदै भक्तपुरको जगातीसम्मको सडक खण्डमा शुक्रबार र शनिबार अत्यावश्यक बाहेक अन्य सवारीसाधन नचलाउन महानगरीय ट्राफिक प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। १३औँ सागका छोटो र लामो दुरीको साइक्लिङ खेल हुने भएकाले अत्यावश्यक सवारीसाधन उक्त सडक खण्डमा दुई दिन सर्भिस लेनमा मात्र चलाउन पनि प्रहरीले सूचित गरेको छ। साग

सम्बन्धित सामग्री

हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइन निर्माणमा ६ वर्षदेखि अवरोध

काठमाडौं । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोध छ । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका वडाहरू १५, १६ तथा १७ स्थित हटिया र सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करीब ६ वर्षदेखि निर्माणमा अवरोध भइरहेको छ । हटिया क्षेत्रमा १४ ओटा, हेटौंडा उपमहानगरपालिका वडा नं ११ स्थित थाना थानाभर्‍याङमा २ ओटा र जियाजोर क्षेत्रमा ८ ओटा टावर निर्माणमा अवरोध छ । थानाभर्‍याङस्थित सबस्टेसनमा लाइन पुर्‍याउन दुईओटा टावर निर्माण गर्नुपर्नेछ । यसबाट ऐलानी जग्गामा बनेका ४६ ओटा घर प्रभावित हुनेछन् । त्यस क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रूट परिवर्तनको माग गर्दै निर्माणमा अवरोध गर्दा करीब १० वर्षअघि शुरू भएको रणनीतिक महत्त्वको प्रसारण लाइन निर्माण सम्पन्न हुन सकिरहेको छैन । स्थानीय अवरोध खुलाई निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले गरिरहेको निरन्तरको प्रयास पनि सफल हुन सकिरहेको छैन । मकवानपुरको हेटौंडा उप–महानगरपालिका–११ थानाभर्‍याङ सबस्टेसनबाट शुरू भई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसनमा जोडिने प्रसारण लाइन १० जिल्ला पार भएर जान्छ । प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, सर्वोच्च अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रयोग तथा रूख कटान स्वीकृतिको प्रक्रियागत उल्झन, ठेकेदारको कमजोर कार्यसम्पादनलगायत कारण निर्माणमा ढिला भएको हो । ३० महीनामा निर्माण सम्पन्न गर्नेगरी २०६९ को माघमा ठेक्का सम्झौता भएको थियो । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न हुन नसक्दा धनुषास्थित ढल्केबर सबस्टेसनबाट लाइन क्षमता अभावमा मुख्य रूपमा पश्चिमतर्फ विद्युत् पठाउन सकिएको छैन । हाल ढल्केबरबाट पश्चिमतर्फ १३२ केभी प्रसारण लाइन मात्र छ । साथै, प्रसारण लाइन अभावमा ढल्केबर सबस्टेसनमा पर्याप्त विद्युत् पुर्‍याउन नसक्दा देशभित्र खपत गरी बढी भएको विद्युत् भारततर्फ निर्यात गर्न र आवश्यक पर्दा आयात गर्न समस्या छ । प्रसारण लाइन निर्माणमा निरन्तर अवरोध भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका प्रमुख दीर्घायुकुमार श्रेष्ठ, आयोजना प्रमुख श्याम यादव सम्मिलित उच्चस्तरीय टोलीले शनिवार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामा, वडा नं १५ का अध्यक्ष सुनील मोक्तान र वडा नं १६ का अध्यक्ष रामकृष्ण कोइरालासँग समस्या समाधानका लागि छलफल गरेको छ । स्थानीयसँगको छलफल र सहमतिमै प्रसारण लाइन निर्माण अगाडि बढाइने हुँदा यसका लागि आवश्यक सहयोग, समन्वय र सहजीकरण गरिदिन टोलीले आग्रह गरेको छ । कार्यकारी निर्देशक घिसिङले देशभित्रको विद्युत् आपूर्ति र भारतसँगको विद्युत् व्यापारका लागि यो प्रसारण लाइन तत्काल निर्माण सम्पन्न गर्नुपर्ने भएकाले आयोजना र स्थानीय बासिन्दा दुवै पक्ष मर्कामा नपर्ने गरी अवरोध हटाउन पहल गरिदिन आग्रह गरेका छन् । पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने २ सय ८८ किलोमिटर प्रसारण लाइनका लागि ७ सय ९२ ओटा टावर निर्माण गर्नुपर्छ । यसमध्ये ७ सय २८ ओटा टावरको जग हालिएको छ । ७ सय ८ ओटा टावर खडा गरिएका छन् ।

निर्माणाधीन चेपे ए जलविद्युत् आयोजनामा तोडफोड र आगजनी

गोरखा – गोरखा र लमजुङको सीमा चेपे खोलामा निर्माण भैरहेको चेपे ए जलविद्युत् आयोजनामा तोडफोड र आगजनी भएको छ ।  ७ मेगावाट क्षमताको निर्माणाधीन आयोजनाको गोरखाको सिरानचोक गाऊँपालिका २ कुभिण्डेबेसीमा रहेको कार्यालयमा शनिवार दिउँसो तोडफोड गरिनुका साथै त्यहाँका गाडीहरुमा आगजनी गरिएको हो ।  लमजुङको राइनासटार सिँचाइ आयोजनाको मुहान प्रभावित हुने गरी आयोजनाको पावर हाउस बनाउन थालिएको भन्दै त्यस क्षेत्रका बासिन्दाले काम रोक्न आग्रह गर्दै आएका थिए । राइनास नगरपालिकाका उपप्रमुख पुष्पराज खनाल नेतृत्वमा आएको...

जलवायु परिवर्तनलाई बेवास्ता गर्नु सामूहिक आत्महत्या बराबर : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जलवायु परिवर्तनलाई बेवास्ता नगर्न विश्व समुदायलाई आग्रह गनुभएको छ । मनसुनी बाढीबाट प्रभावित लाखौँ मानिसहरूका लागि सहयोग जुटाउन पाकिस्तानको भ्रमण गर्नुभएका गुटेर्रेसले जलवायु परिवर्तनप्रति विश्वव्यापी ध्यान नपुगेको भन्दै त्यसलाई गैर–जिम्मेवारीपनको संज्ञा दिनुभएको छ । महासचिव गुटेर्रेसले जलवायु परिवर्तनलाई बेवास्ता गर्नु सामूहिक आत्महत्या बराबर भएको बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गुटर्रेसले आज शनिवार पाकिस्तानको दक्षिणको बाढी प्रभावित क्षेत्रक...

यौनसाथीको संख्या घटाउनुहोस् नत्र मङ्कीपक्स सर्ला : डब्लूएचओ

वासिङटन : विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसपछि अहिले मङ्कीपक्सका विरामी तीव्र रूपमा बढेका छन्।यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषहरू यो भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने बताएको छ।डब्ल्यूएचओले त्यस्ता व्यक्तिहरूलाई आफ्ना यौनसाथीको संख्या सीमित गर्न आग्रह गरेको छ। डब्ल्यूएचओका प्रमुख टेड्रोस अदनोम गेब्रेयिससले भने‚ ‘संक्रमण रोक्नका लागि सबैभन्दा राम्रो उपाय भनेको 'संक्रमणको जोखिम कम गर्नु' हो।’ यसअघि शनिवार डब्ल्यूएचओ प्रमुखल

५० बेडसम्मका होटेलको वातावरणीय अध्ययन यथावत् राख्न माग

काठमाडौं (अस) । २५ देखि ५० बेडसम्मका होटेलहरूको वातावरणीय अध्ययन यथावत् राख्न होटेल संघ नेपाल (हान)ले माग गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को जटिल परिस्थितिमा खर्चका कारण साना तथा मझौला व्यवसायी चेपुवामा परेको भन्दै हानले यो व्यवस्थालाई यथावत् राख्ने व्यवस्था गर्न माग गरेको हो । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग शनिवार भेटेर हानले यस्तो माग गरेको हो । सो अवसरमा हानकी अध्यक्ष सिर्जना राणाले वातावरणीय अध्ययन राम्रो र यसको सराहना हुँदाहुँदै पनि कोभिड–१९ कै बीचमा भएको संशोधनले शुल्क तिर्न समस्या भएको उल्लेख गरिन् । कोभिडकै बीच २०७६ असार १ गते संशोधन भएको वातावरण ऐन–२०७६ मा २५ देखि ५० बेडसम्मका होटेलहरूले संक्षिप्त वातावरणीय अध्ययन गरिनुपर्ने कानून लागू भएको थियो । उक्त कानुनले स्तरोन्नति र सकारात्मक दूरदृष्टि राखे तापनि व्यापक परामर्श र व्यावहारिकता नहेरी गरिएको उल्लेख गरिएको छ । यस व्यवस्थाले साना तथा मझौला व्यवसायीलाई चेपुवामा पारेको र विविध समस्या खडा गरेकाले उक्त कार्य गर्न÷गराउन केही समय लाग्ने हानले उल्लेख गरेको छ । तर, नेपाल राष्ट्र बैंक लगायत निकायबाट उपलब्ध हुनुपर्ने इजाजतको प्रक्रिया वातावरणीय अध्ययनलाई थाती राख्दा स्थगित हुन पुगेको भन्दै अध्यक्ष राणाले यसमा सहजीकरण गरिदिन आग्रह गरिन् । यो व्यवस्था संशोधन गरी पहिलेकै व्यवस्था लागू गर्न प्रदेशले पहल गरिदिन आवश्यक भएको समेत उनले बताइन् । यसैगरी सो अवसरमा हानले दिगो पर्यटनका लागि सुझाव समेत प्रस्तुत गरेको छ । बागमती प्रदेश पर्यटनको केन्द्र भएको भन्दै  विशेष पर्यटन नीति तथा योजना बनाई पर्यटन पुनरुत्थानका सहयोगी कार्यक्रम शीघ्र कार्यान्वयन गरिनुपर्नेमा उनले जोड दिएकी छिन् । संघीय राजधानीसमेत भएको यो प्रदेशबाट अन्य प्रदेशले पनि सोही बमोजिम अनुसरण गर्ने उनको भनाइ छ । नयाँ आउने प्रदेश नीति, नियम र संशोधन गरिने अन्य विषयमा संघको प्रत्यक्ष सहभागिता तथा छलफल हुन सके दिगो पर्यटनलाई टेवा पुग्ने उल्लेख गरिएको छ । उपत्यका पर्यटन कार्यालयलाई स्रोत साधनसहित मजबुत बनाइनुपर्नेमा पनि जोड दिइएको छ । सो अवसरमा हानका महासचिव साजन शाक्यले कोभिड–१९ ले अति प्रभावित पर्यटन तथा होटेल उद्योगलाई बचाउन प्रदेश पर्यटन नीति तथा कानून पर्यटनमैत्री हुनुपर्ने बताए । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार व्यवसायमैत्री नियम तथा कानुनको अवलम्बन गर्दै अगाडि बढिरहेको र यसबाट पर्यटन क्षेत्रलाई ठूलो राहत पुग्ने बताएका थिए ।

नाका खुल्दा सीमाक्षेत्रका होटेल व्यवसायीलाई राहत

वीरगञ्ज । डेढ वर्षपछि नेपाल–भारत सीमानाबाट निजी सवारीसाधनको आवागमन सुचारू भएपछि सीमावर्ती क्षेत्रका होटेल तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् । स्थानीयलाई आवागमन सहज भएको छ । यसअघि कोरोना महामारी नियन्त्रणका लागि २०७६ चैत ११ मा लगाइएको बन्दाबन्दीसँगै बन्द गरिएको भारतीय सीमानाका शुक्रवारबाट खोलिएको हो । नाका खुलेसँगै निजी सवारीको आवतजावतमा लगाइएको रोक हटेको छ । आर्थिक र सामाजिक दैनिकी सामान्य लयमा फर्किइसक्दा पनि सवारीसाधनमा रोक कायमै रहँदा असहज भएको थियो । यसबाट भारतीय ग्राहकलाई लक्षित गरेर खोलिएका सीमाक्षेत्रका होटेल र पर्यटन व्यवसाय बढी प्रभावित भएका थिए । सवारी आवागमन खुला भएसँगै राहत भएको होटेल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बताए । मन्त्रिपरिषद्ले गत असोज ५ गते नै सीमानाका खोल्ने निर्णय गरे पनि प्रक्रियागत ढिलाइका कारण शुक्रवारदेखि सीमानाकाबाट यस्ता सवारीसाधन आउजाउ शुरू भएको हो । ‘शनिवार वीरगञ्जमा भारतीय सवारीसाधनको आवागमन बाक्लिएको छ । होटेलका पार्किङमा पनि भारतीय नम्बरका साधन देखिएका छन्, अध्यक्ष पन्तले आर्थिक अभियानसित भने । सरकारले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी ओदश २०७८’ जारी गरेको छ । गृह र अर्थ मन्त्रालयले मातहतका स्थानीय निकायलाई नाका खोल्ने परिपत्र पठाउन ढिलाइ गरेपछि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन हुन सकेको थिएन । व्यवसायीले बारम्बार ताकेता बढाएपछि नाका खोल्ने पत्र स्थानीय प्रशासन र भन्सारमा आएको थियो । गृह र अर्थ मन्त्रालयबाट आवश्यक मापदण्ड पालना गरी भारतीय गाडी भित्रिन दिने पत्र पठाएपछि भारतीय यात्रुवाहक गाडीलाई प्रवेश अनुमति दिइएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । वीरगञ्जमा होटेल र पर्यटन व्यवसायीले नाकाबाट सवारी आवागमन खुलाउन पहल गर्दै आएका थिए । व्यवसायीको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नाका खोल्न आग्रह गरेपछि मन्त्रिपरिषद्को निर्णय आएको थियो । मापदण्ड कार्यान्वयन गरेरै भए पनि सीमानाकाबाट निजी आवागमन खुला गरिएकाले अब सीमाक्षेत्रको होटेल र पर्यटन व्यवासायको पुनरुत्थान हुने दाबी वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको छ ।

देशका अधिकांश स्थानमा वर्षा : सतर्कता अपनाउन आग्रह

असार १८, काठमाडौं । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाले प्रदेश नं १, प्रदेश नं २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेकाले विशेष सतकर्ता अपनाउन सबैमा अनुरोध गरेको छ ।  उक्त प्रदेशको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायत क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा र बाँकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाको विवरणमा उल्लेख छ ।  दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि यही मौसमी प्रणाली कायम रहनेछ । शुक्रवार काठमाडौं उपत्यकामा बिहानैदैखि निरन्तर वर्षा भइरहेको छ । शनिवार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  शुक्रवार काठमाडौंको अधिकतम २४ दशमलव ४ र न्यूनतम तापक्रम १९ दशमलव ४ डिग्रि सेल्सियस रहेको छ । गत २४ घण्टामा काठमाडौँमा ४० मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै विराटनगरमा ८९ दशमलव ९, सिमरामा ६२ र भैरहवामा ५७ मिलिमिटर वर्षा भएको छ । रासस

समुदायस्तरमा फैलियो कोरोना - ‘चेन ब्रेक’ गर्न कर्फ्यू लगाऔं : व्यवसायी

विराटनगर । समुदायस्तरमा फैलिएको कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ गर्न सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी र तिनका संगठनले मोरङ जिल्लाभर लागू हुनेगरी कम्तीमा दुई साता कफ्र्यू लगाउन माग गरेका छन् । नागरिकको जीवन बचेमा मात्र उद्योग र बजार चल्ने भन्दै नेपाल उद्योग परिसंघका प्रदेश १ अध्यक्ष भीम घिमिरेले संक्रमण नियन्त्रणका लागि कम्तीमा १० दिन भए पनि कफ्र्यू लगाउन प्रशासनलाई आग्रह गरेका छन् । यस्तै मोरङ व्यापार संघले विज्ञप्ति नै जारी गरी कोरोना संक्रमणको चेन ब्रेक गर्न कफ्र्यू लगाउन आग्रह गरेको छ । संघका अध्यक्ष प्रकाश मुन्दडाले जारी गरेको विज्ञप्तिमा कम्तीमा सात दिन मुलुकभर कर्फ्यू लगाउन आग्रह गरिएको छ । कोरोना भाइरसको संक्रमण दर उच्च भएको मुलुकमा नेपाल पनि समावेश भएकाले उच्च दरलाई घटाउन कफर््यू लगाउन सुझाइएको छ । अध्यक्ष मुन्दडाले मुलुकका सर्वसाधारण सबैको जीवनको रक्षाका लागि विश्व स्वास्थ्य संगठनले स्वीकृति दिएका खोपहरू निजीक्षेत्रले पनि मगाउन पाउनेगरी सरकारले व्यवस्था गर्नुपर्ने माग गरे । ‘कर्फ्यू लगाएर संक्रमण दर नियन्त्रण राख्ने र भ्याक्सिनलाई सर्वसाधारणको पहँुचमा हुनेगरी निजीक्षेत्रलाई समेत आयात गर्नेगरी बाटो खुलाउन पर्छ,’ उनले भने, ‘त्यसपछि मात्र कोरोना नियन्त्रणमा आउँछ ।’ विराट व्यापार संघका अध्यक्ष सुजन थापाले मानव जातिकै विनाश भइरहेकाले यसलाई जोगाउन र मुलुकलाई महामारीबाट सुरक्षित राख्न पनि कडाखाले कप्mर्यू लागू गरिनुपर्ने बताए । यस क्षेत्रका अधिकांश उद्योगी व्यवसायीले कोरोना संक्रमण नियन्त्रणका लागि कफ्र्यू लगाउन माग गरे पनि नागरिक अधिकारको हनन हुने भन्दै जिल्ला प्रशासन कार्यालयले उक्त मागलाई टार्दै आएको छ । उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेल भने राज्यले लकडाउन गरेपछि त्यसलाई मानेर घरमै बसिदिने हो भने कफ्र्यूको आवश्यकता नपर्ने बताउँछन् । ‘थाम्नै नसक्ने अवस्था आयो भने राज्यले कफ्र्यू लगाउनुपर्छ तर हामीले आफूलाई भन्दा पनि तल्लो स्तरका जनताको दिनचर्यालाई ध्यानमा राख्नुपर्छ,’ उनले भने । प्रहरी उपरीक्षक सन्तोष खड्काले कफ्र्यू विशेष परिस्थितिमा शान्ति स्थापनाका लागि चालिने कदम भएकाले लकडाउनलाई नै कडा पार्दै लैजाने बताए । आम मानिसले लकडाउनको अर्थ बुझेर त्यसलाई पालना गरे समस्या नआउने, तर विनाकारण बाहिर निस्किदिनाले नियन्त्रणमा कडा बन्नुपर्ने अवस्था आएको उनको भनाइ छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले गणतन्त्रमा नागरिकलाई जबरर्जस्ती नियन्त्रणमा राख्न नसकिने बताए । कर्फ्यू लगाउँदा उद्योगमा काम गर्ने मजदूर र तल्लो वर्गका सर्वसाधारण बढी प्रभावित हुने भएकाले निषेधाज्ञालाई नै कडा बनाउन सकिने उनको भनाइ छ । ‘महामारी नियन्त्रणका लागि सबैले सहयोग गर्नुपर्ने बेला भएको छ,’ उनले भने, ‘सबैभन्दा ठूलो कुरा आत्म–अनुशासन भएकाले बाहिर जान हुँदैन भनेर नागरिक घरमै बसिदिए समस्याको समाधान हुने थियो ।’ तर बाहिर जाँदा कोरोना सर्ने जोखिम बढी हुन्छ भन्ने जान्दा जान्दै पनि अटेर गर्नेलाई भने अब कडाइ गरिने उनले बताए । कोरोना संक्रमणका कारण विराटनगरमा शनिवार मात्रै सातजनाको मृत्यु भएको छ भने प्रदेश १ मा ५९१ नयाँ संक्रमित थपिएका छन् ।