यौनसाथीको संख्या घटाउनुहोस् नत्र मङ्कीपक्स सर्ला : डब्लूएचओ

वासिङटन : विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसपछि अहिले मङ्कीपक्सका विरामी तीव्र रूपमा बढेका छन्।यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषहरू यो भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने बताएको छ।डब्ल्यूएचओले त्यस्ता व्यक्तिहरूलाई आफ्ना यौनसाथीको संख्या सीमित गर्न आग्रह गरेको छ। डब्ल्यूएचओका प्रमुख टेड्रोस अदनोम गेब्रेयिससले भने‚ ‘संक्रमण रोक्नका लागि सबैभन्दा राम्रो उपाय भनेको 'संक्रमणको जोखिम कम गर्नु' हो।’ यसअघि शनिवार डब्ल्यूएचओ प्रमुखल

सम्बन्धित सामग्री

मङ्कीपक्स बढ्न थालेपछि निगरानी बढाउन डब्लूएचओको आह्वान

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले मङ्कीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ ।

मङ्कीपक्स बढेको भन्दै डब्लूएचएनद्वारा जनस्वास्थ्य आपत्‌काल घोषणा

काठमाडौँ- विश्व स्वास्थ्य सञ्जाल (डब्लूएचएन) ले मङ्कीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप बनेको भन्दै जनस्वास्थ्य आपत्काल घोषणा गरेको छ । कोभिड–१९ को जोखिमविरुद्ध गठन गरिएको स्वास्थ्य वैज्ञानिकहरूको गठबन्धन डब्लूएचएनले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी चिन्ताको विषय भएको बताउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का प्रमुखले ३२ देशमा मङ्कीपक्सका जीवाणु फैलिएका कारण अन्तर्राष्ट्रिय […]

मङ्कीपक्स २० देशमा फैलियो, उच्च सतर्कता अपनाउन डब्लूएचओको आग्रह

जेनेभा । विश्वका २० देशमा मङ्कीपक्सको संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न देशमा मङ्कीपक्सबाट संक्रमितहरूको संख्या बढ्दै गइरहेको छ । उनीहरूले विश्वभरि अहिलेसम्म २०० जनामा मङ्कीपक्सको संक्रमण पुष्टि भएको जनाएका छन् । ‘हामीलाई प्राप्त विवरण अनुसार विश्वभरि अहिलेसम्म झण्डै दुई सय जनामा संक्रमण पुष्टि भएको छ भने […]

मङ्कीपक्स २० देशमा फैलियो : उच्च सतर्कता अपनाउन डब्लूएचओको आग्रह

काठमाण्डाै – मङ्कीपक्स भाइरसको सङ्क्रमण २० देशमा फैलिएको पुष्टि भएको छ । २० देशका दुई सय जना भन्दा धेरैमा मङ्कीपक्स संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) लाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ । थप एक सय भन्दा धेरैमा शंकास्पद लक्षण देखिएको छ । मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रतिदिन फैलिँदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै डब्लूएचओले चिन्ता व्यक्त गरेको छ । यस भाइरसका कारण मानिसको ज्यान नै जाने समस्या नभए पनि छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक...

२० ओटा देशमा फैलियो मङ्कीपक्स, उच्च सतर्कता अपनाउन डब्लूएचओद्वारा आह्वान

जेठ १४, जेनेभा । विश्वका २० ओटा देशमा मङ्कीपक्सको संक्रमण पुष्टि भएको छ ।        विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दिएको जानकारी अनुसार विभिन्न देशमा मङ्कीपक्सबाट संक्रमितहरुको संख्या बढ्दै गइरहेको छ । डब्लूएचओका अधिकारीहरुले विश्वभरि अहिलेसम्म २०० जनामा मङ्कीपक्सको संक्रमण पुष्टि भएको बताएका छन् ।            ‘हामीलाई प्राप्त विवरण अनुसार विश्वभरि अहिलेसम्म झण्डै २०० जनामा संक्रमण पुष्टि भएको छ भने अरु १०० भन्दा बढीमा शङ्कास्पद लक्षण देखिएको छ’, डब्लूएचओका अधिकारीले भनेका छन् ।            मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रति दिन फैलिदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन् ।            यस भाइरसका कारण मानिसको मृत्यु नै हुने गरेपछि संक्रमण छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकहरूले अनुरोध गरेका  छन् ।            डब्लूएचओका अधिकारीहरूले संक्रमण देखिएका मुलुकहरूमा थप फैलिन नदिने र नदेखिएका मुलुकहरूमा प्रवेश गर्न नदिनेगरी गरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन् । रासस/ एएनआई

मङ्कीपक्स प्रभावित देशबाट आएकालाई क्वारेन्टिनमा बस्न आग्रह

विश्वमा फैलिएको मङ्कीपक्सको संक्रमण नेपालमा पनि फैलनसक्ने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई सजग रहन आग्रह गरेको छ।अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल, बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली र स्विडेनलगायत १५ वटा देशमा मङ्कीपक्सको संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पुष्टि गरेसँगै नेपाल सरकारले पनि सचेतनाका लागि आग्रह गर्दै स्वास्थ्य सुरक्षा अपना