काठमाण्डाै – १९ वर्षमुनिको राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिको लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेशले खेल्ने भएका छन् । आज मधेश प्रदेशलाई ५८ रनले हराउँदै लुम्बिनीले फाइनलमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको छ ।
त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको मधेश ४५ ओभर ४ बलमा १ सय ६४ रन बनाउँदा अलआउट भयो । उसका मायान यादवले सर्वाधिक ३८ रन बनाए । बलिङतर्फ लुम्बिनीका अभिषेक गौचन र विशालविक्रम केसीले तीन/तीन विकेट लिए ।
आजै मुल्पानी मैदानमा भएको अर्को...