सुदूरपश्चिम र लुम्बिनी प्रदेश तथा पहाडी क्षेत्रमा मौसम बदली : शनिबारदेखि खुल्ने

काठमाण्डाै – सुदूरपश्चिम र लुम्बिनी प्रदेश तथा पहाडी क्षेत्रमा आज मौसम बदली भएको छ । आज सुदूरपश्चिम र लुम्बिनीका केही ठाउँ तथा काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै आज राति गण्डकी प्रदेश, वाग्मती र प्रदेश एकका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित छिटफुट पानी पर्ने सम्भावना छ । केही दिनदेखि काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा हल्का वर्षा हुँदै आएको छ । यो क्रम शनिवार बिहानसम्म रहने र त्यसपछ...

सम्बन्धित सामग्री

पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं ।हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली, बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक र देशका बाँकी भू*भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र […]

मौसम बदली  : धेरै ठाउँमा वर्षा, केही ठाउँमा हिमपात

१८ चैत, काठमाडौं । मौसम सामान्यदेखि पूर्णरुपमा बदली भएको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा, कोशी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग/ हावाहुरीसहित वर्षा भइरहेको छ । आज दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग/ हावाहुरीसहित हल्कादेखि मध्यम […]

आज चार वटा प्रदेशका पहाडी क्षेत्रमा मौसम बदली

काठमाण्डाै - आज चार वटा प्रदेशका पहाडी क्षेत्रमा मौसम बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश एक, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली छ । त्यस्तै तराई मधेसमा हुस्सु र कुहिरो छ । मधेस प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा पनि मौसम आंशिक बदली नै छ । मौसम बदली भए पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । तराई...

आज राति देशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै – आज राति देशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । विशेषगरी आज लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविद् हिरा भट्टराईले आग्रह गर्नुभएको छ ।  उहाँका अनुसार देशका अरू ठाउँमा पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । भारतको उत्तर प्रदेशमा बनेको न्यून चापीय रेखाको प्रभावका कारण अबको तीन दिन देशका धेरै ठाउँको मौसम बदली भइ पानी पर्ने सम्भावना छ । त्यही...

काठमाडौंमा बिहानैबाट मेघगर्जनसहित वर्षा

काठमाडौं । काठमाडौंमा बिहानैबाट पानी पर्न सुरु भएको छ । हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको छ । मौसम बदली भएर अँध्यारो देखिएको काठमाडौंका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ ।  यसैबीच, देशका विभिन्न भागमा हावाहुरी र चट्याङ्सहित वर्षाको सम्भावना रहेको छ । आज लिउँसने देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ । लुम्बिनी प्रदेश...

काठमाडौं उपत्यकामा बिहानैदेखि हावाहुरी र मेघगर्जनसहित पानी पर्नु सुरु

काठमाडौं : स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा बिहानैदेखि पानी पर्न सुरु भएको छ। अहिले हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको छ। मौसम बदली भएर अँध्यारो देखिएको काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ। यस्तै देशका विभिन्न भागमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउसो देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ।लुम्बिनी प्रदे

आजबाट ३ दिन बर्षा र हिमपातको सम्भावना

आजबाट मौसममा पुनः बदली आउने भएको छ । आजबाट फेरि वर्षा र हिमपात सुरू हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्म देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना छ । पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली भई सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।बाग्मती प्रदेश तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।यस्तो हुनेछ ३ दिनको मौसम२०७८ माघ २६ गते (बुधबार)दिउँसोः देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बाकी प्रदेशहरुमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाग्मती प्रदेश तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरुमा हल्का देखी मध्यम हिमपातको सम्भावना छ।रातीः सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत बागमती र प्रदेश नं १ को पहाडी भू(भागमा सामान्य देखि पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ।  सुदूर पश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बागमती तथा प्रदेश नं १ का पहाडी भू भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।२०७८ माघ २७ गते  (बिहीबार)दिउँसोः देशका पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहि बांकी भु(भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।रातीः प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहि बांकी भु(भागको मौसम आंशिक बदली रहनेछ। प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।२०७८ माघ २८ गते (शुक्रबार)दिउँसोः प्रदेश नं १, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहि बांकी भुभागमा मौसम सामान्यतयस सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।रातीः प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भुभागमा आंशिक बदली रहि बांकी भुभागको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आजदेखि शुक्रबारसम्म देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आजदेखि शुक्रबारसम्म देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेकाे छ । मौसम पुर्वानुमान महाशाखाले केही दिनयता रोकिएको वर्षा र हिमपात फेरी सुरू हुने जनाएको हाे । हाल देशमा पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली भई सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै […]