अट्वारी पर्वमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एक दिन सार्वजनिक बिदा

थारु समुदायको पवित्र पर्व अट्वारीको अवसरमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशले एक दिन बिदा दिएका छन्। दाजुभाई र दिदीबहिनी बिचको सम्बन्ध सुमधुर बनाउने पर्वको रुपमा मनाइने अट्वारी १२ भदौमा मनाइँदैछ।  पर्वका...

सम्बन्धित सामग्री

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा किन मनाइन्छ अट्वारी पर्व ?

सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका जिल्लामा अट्वारी पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिइएको छ । यसअघि सुदूरपश्चिम प्रदेश सरकारले यसअघि भदौ १९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर तिथि अनुसार अट्वारी पर्व भदौ १२ गते पर्ने भएकाले सोही दिन सार्वजनिक बिदा दिनुपर्ने थारु कल्याणकारिणी सभा (थाकस)ले माग गरेपछि सो मितिलाई संशोधन गरी प्रदेश सरकारले भदौ १२ गते पर्वको अवसरमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढीले जनाएको हो ।अट्वारी पर्व सुदूरपश्चिमका कैलाली र कञ्च

पश्चिम तराईका ५ जिल्लामा भदौ २७ गते सार्वजनिक बिदा

थारु बाहुल्यता रहेको पश्चिम तराईका ५ जिल्लामा भदौ २७ गते सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र लुम्बिनी प्रदेशको दाङ, बाँके र बर्दिया जिल्लामा अट्वारी पर्वको अवसरमा बिदा दिइएको हो । लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएको छ ।