मनाङ– हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ३१ करोड ३७ लाख ७४ हजारको बजेट विनियोजन गरेको छ । बसपार्क र उद्योगग्राम निर्माणसहितको पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर गाउँपालिकाका उपाध्यक्ष मिङमार ढोमा लामाले बजेट सार्वजनिक गरेका छन् । गाउँपालिकाले चालु खर्चतर्फ १० करोड १४ लाख ९७ हजार विनियोजन गरेको छ । […]