काठमाण्डौ – पश्चिम अफ्रिकी देश घानाबाट नर्सहरुको पलायन बढ्दै गएको छ ।
सन् २०२२ मा घानाका एक हजार दुई सय जना भन्दा धेरै नर्सहरू बेलायतमा नर्सिङ सेवाका लागि दर्ता भएको तथ्याङ्क छ ।
नर्स र कुल जनसङ्ख्याको अनुपात कम भएका जोखिमयुक्त देशहरूको सूचीमा घाना ५५औँ स्थानमा पर्छ ।
बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) पदपूर्तिका लागि ईयू सदस्य देशहरु भन्दा अन्य देशका जनशक्तिमा भर परेको छ ।
विश्वको सबैभन्दा ठूलो नर्सिङ समूह इन्टरनेशनल काउन्सिल अफ नर्सेस (आईसीएन)का प्रमुख हवार्ड क्याटन घानाजस्ता गरिब देशबाट बाहिरिने जनश...