अफ्रिकी देश चाडमा नयाँ अन्तरिम सरकार घोषणा

अल जजिरा। अफ्रिकी देश चाडमा गत महिना वरिष्ठ नेता इदरिस डेबीको मृत्युपछि उनका छोरा महामतले अन्तरिम सैन्य सरकारको घोषणा गरेका छन्। सैन्य प्रवक्ता आजम बर्मन-दोआ अगौनाले राष्ट्रिय टेलिभिजनमार्फत् राष्ट्रिय मेलमिलाप मन्त्रालयसहित ४० सदस्यीय मन्त्रिमण्डल गठन भएको जनाएका छन्। लामो समयदेखिका विपक्षी नेता सालेह केबजाबोका पार्टीबाट दुईजना मन्त्री बनेपछि उनले पनि यस मन्त्रिमण्डलप्रति समर्थन जनाइसकेका छन्।

सम्बन्धित सामग्री

हात्ती, जेब्रा लगायत ७०० जंगली जनावर मारेर जनतालाई मासु खुवाउँदै नामिबिया सरकार

काठमाडौं । अफ्रिकी देश नामिबियाले ७०० वटा जंगली जनावर मार्ने भएको छ । त्यसरी मारिने जनावरहरुमा हात्ती, जेब्रा, हिप्पो लगायत भएको अमेरिकी विश्व च्यानल सीएनएनले बताएको छ । जसमा ३०० जेब्रा, ८३ हात्ती र ३० हिप्पो मारिने सूचीमा रहेका छन् । सीएनएनका अनुसार नामिबियन सरकारले खाद्य असुरक्षा भएका जनताहरुलाई ती जनावरको मासु बाँड्ने योजना बनाएको […]

अफ्रिकी देश निजेर: अमेरिकी सेना आउट, रुसी सैन्य प्रशिक्षक इन

काठमाडौं । पश्चिम अफ्रिकी फ्रेन्च भाषी देश निजेरबाट अमेरिकी सेना फिर्ता भएको छ । सैन्य कू पछिको सरकारले अमेरिकी सैन्य शिविर हटाउन आग्रह गरेको थियो भने सडकमा जनताले अमेरिकी सेनाको शिविरविरुद्ध प्रदर्शन गरेका थिए । सरकार र सडक दुवैको दबाबमा अमेरिकाले सेना फिर्ता गरेको छ । फिर्ती प्रक्रिया सकिएको अमेरिकाले हालसालै सार्वजनिक गरेको छ । […]

अफ्रिकी देश बुर्किना फासोमा सैनिक ‘कू’ : सङ्कटकाल लागू

अफ्रिकी देश बुर्किना फासोमा सेनाले ‘कू’ गरी सैन्य नेता पाउल–हेनरी दामिबाको सरकारलाई हटाएको छ। सरकार विघटनसँगै सेनाले सङ्कटकाल लगाएको छ । सेनाका क्याप्टेन इब्राहिम ट्राओरेले राष्ट्रिय टेलिभिजनमा सम्बोधनमार्फत सत्ता हात लिएर सङ्कटकाल लगाएको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ। विभिन्न नाकाहरू पनि अनिश्चितकालका लागि बन्द गरिएको छ । त्यसैगरी सबै राजनीतिक दल र नागरिक समाजका गतिविधिलाई पूर्ण रूपमा बन्देज लगाइएको छ। दामिबाले यसअघि जनवरीमा पूर्व राष्ट्रपति रोच काबोरलाई अपदस्थ गरी सत्ता हातमा लिनुभएको ...

बुर्किनो फासोमा सैन्य ‘कु’

अफ्रिकी देश बुर्किना फासोमा सैन्य ‘कु’ भएको छ । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सेनाले शक्ति आफ्नो हातमा लिएको र संसद तथा सरकार विघटन गरेको जनाएको छ । सेनाले राष्ट्रपति रोच काबोरललाई सत्ताच्युत गरेको बताएको छ  । देशको सुरक्षा अवस्था बिग्रदै गएको र राष्ट्रपति काबोरले पश्चिमी अफ्रिकालाई एकबद्ध गर्न असफल भएको तथा मुस्लिम लडाकुका गतिविधि नियन्त्रण गर्न नसकेको सेनाले आरोप लगाएको छ ।

पश्चिम अफ्रिकी देश गिनीमा सेनाद्वारा सत्ता कब्जा

काठमाण्डाै - पश्चिम अफ्रिकी देश गिनीमा सेनाले सत्ता कब्जा गरेको छ । एक टेलिभिजनमार्फत सेनाका कर्नेलले अब गिनीमा सेनाले सत्ता चलाउने घोषणा गरेका छन् । सेनाले सत्ता हातमा लिएसँगै राष्ट्रपति अल्फा कोन्डे नेतृत्वको सरकार भङ्ग भएको छ । सेनाले सबै सीमा क्षेत्रमा आवागमन बन्द गरिदिएको छ । यसअघि केही घण्टा राष्ट्रपति कार्यालय नजिक गोलाबारी भएको बीबीसीले जनाएको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुट्रेस र अफ्रिकी सङ्घले गिनीमा सत्ता कब्जाको भर्त्सना गर्दै तत्काल राष्ट्रपति कोन्डेको रिहाइको माग गरेका छन् । पश्चिमी अ...