युद्धले अफ्रिकी देश र नागरिक मारमा परेको अफ्रिकी युनियन प्रमुखको पुटिनसँग गुनासो

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अफ्रिकी युनियन प्रमुख मर्की सलले भेटवार्ता गर्नुभएको छ । रुसमा भएको भेटमा अफ्रिकन युनियनका प्रमुख सलले रुस–युक्रेन युद्धका कारण अफ्रिकी देश र नागरिक निक्कै मारमा परेको गुनासो समेत गर्नुभएको छ । साथै अहिले देखिएको सङ्कट तत्काल अन्त्यका लागि आवश्यक सहजीकरण गर्न पनि आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । अफ्रिकामा खपत हुने गहुँको ४० प्रतिशत आयात रुस र युक्रेनबाट हुने गरेको छ । तर युद्ध सुरु भएपछि युक्रेनी बन्दरगाहबाट हुने निर्यात ठप्प जस्तै छ । किएभले बन्दरगाहमा रुसले रोक लगाएको आरोप ...