अफ्रिकी देश चाडमा रहेको एउटा सुन खानीमा कार्यरत कामदारबीच झडप हुँदा कम्तीमा एक सय जनाको ज्यान गएको छ ।
लिबियाको सिमाना नजिक रहेको कोरी बोगौदीमा रहेको सुनखानीमा कार्यरत कामदारबीचको विवाद बढेर झडपकाे रूप लिँदा कम्तीमा एक सय जनाको ज्यान गएको र ४० जना घाइते भएका बीबीसीले जनाएको छ । मौरिटानियन र लिबियालीहरूबीच भएको झडपको कारणबारे अनुसन्धान भइरहेको चाडका रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले बताउनुभएको छ ।
त्यस क्षेत्रमा सुनको खोजी गर्ने चाड र छिमेकी देशहरूबाट आएका खानी कामदारहरू बीच पटक–पटक तनाव र झडप...