काठमाण्डौ – यूएईले आफ्ना देशका नागरिकलाई नेपालसहित १४ देशमा जान रोक लगाएको छ । यूएईको वैदेशिक मामिला मन्त्रालय तथा राष्ट्रिय आपतकालीन संकट र विपद् व्यवस्थापन प्राधिकरणले यूएईका नागरिकलाई नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, जाम्बिया, भियतनाम, नामिबिया, कंगो, युगाण्डा, सिरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरिया जान प्रतिबन्ध लगाएको हो ।
यी देशमा कोरोना संक्रमणको जोखिम रहेको भन्दै बुधबारदेखि यात्रामा प्रतिबन्ध लगाएको प्राधिकरणलाई उद्धृत गर्दै खलिज टाइमले लेखेको छ । यात्रा प्रतिबन्ध कहिलेसम्म हो भन्ने ख...