सरकारी कागजात कीर्ते गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सरकारी कागजात कीर्ते गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ

सम्बन्धित सामग्री

भाटभटेनीका मीनबहादुर रिहा

काठमाडौं। जिल्ला अदालत काठमाडौंले ललितानिवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहित १८ जनालाई रिहा गर्न आइतवार आदेश दिएको छ । तीमध्ये १७ जनालाई धरौटी र एकजनालाई साधारण तारीखमा छाड्ने आदेश दिएको हो । अदालतले भाटभटेनी समूहका अध्यक्ष गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटी तोकेकोमा उक्त रकम बुझाएर गुरुङ आइतवार नै रिहा भएका छन् । न्यायाधीश भोलानाथ ढकालको इजलाशले उक्त प्रकरणमा पक्राउ परेका १८ अभियुक्तलाई धरौटीमा थुनामुुक्त गर्न आदेश दिएको हो । अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीका अनुसार केशव तुलाधरलाई साधारण तारीखमा र अरू सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश भएको हो । धरौटी रकम फरकफरक छ । अदालतले रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, घमनकुमार कार्की, गोपाल कार्की, योगराज पौडेल, नारायणराज मिश्र र अरुणकुमार श्रेष्ठलाई जनही ७ लाख ५० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको छ ।  त्यसै गरी कलाधर देउजा र विनोद पौडेललाई जनही १५–१५ लाख रुपैयाँ धरौटी तोकेको छ । शिवजी भट्ट र ध्रुवप्रसाद अर्याललाई भने जनही ३ लाख ३० हजार रुपैयाँ धरौटी तोकिएको छ । बाबुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन र सञ्जयकुमार महर्जनलाई जनही १ लाख १० हजार रुपैयाँ धरौटी तोकिएको छ । लोकरी घिमिरेलाई १ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ ।  बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा जिल्ला सरकारी वकील कार्यालयले सरकारी कागजात कीर्ते आरोपमा मुद्दा चलाएको थियो ।

प्रज्ञापनपत्र र बैंक भौचर नक्कली बनाउने पक्राउ

रूपन्देही । भन्सार कार्यालयको प्रज्ञापनपत्र र बैंकको नक्कली भौचर तयार गरी भन्सारकै पार्किङस्थलबाट बाहिरिएको माछासहितको एक मिनी ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।  तीन सय ७५ नम्बरको अधिकारी क्लिरियन्स भन्सार एजेन्टले पास गरेको तीन हजार आठ सय किलो माछासहितको युपी ५३ एफ टि ५४५२ नम्बरको भारतीय नम्बर प्लेटको मिनिट्रक भैरहवा भन्सार कार्यालयबाट बाहिरिएको थियो । कार्यालयदेखि करिब सात सय मिटरको दूरीको तीनकुने बाइपासमा सशस्त्र प्रहरी र भन्सारको संयुक्त चेकजाँच टोलीले शङ्का लागि पुनःभन्सार फर्काइ अनुसन्धान गर्दा भन्सार प्रज्ञापनपत्र नै नक्कली बनाइएको भेटिएको हो ।  भन्सार कार्यलयले उक्त ट्रकसहित, चालक, आयतकर्ता, एजेन्ट, बैंकका कर्मचारी र भैरहवा भन्सारको सुरक्षा हेर्ने अन्नपूर्ण टर्मिनल्सका तीनजना कर्मचारी गरी ११ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको कार्यालयका प्रमुख मनिराम पौडेलले बताए ।  उक्त माछा काठमाडौं पठाउने गरी कृष्ण फिडले आयात गरेको थियो । क्वारेन्टिइनबाट माछाको स्वास्थ्य परीक्षणसमेत गराइएको भए पनि प्रज्ञापनपत्र भने नक्कली बनाइएको प्रारम्भिक अध्ययनबाट देखिएको छ ।  भन्सारकै जाँचकी, अधिकृत कर्मचारीको नक्कली हस्ताक्षर, छाप, राजस्व बुझाएको भौचरसमेत नक्कली बनाएर गाडी निस्किएको थियो । सरकारी कागजात कीर्ते गरी भन्सारको सुरक्षा व्यवस्थालाई चुनौती दिँदै ट्रक बाहिरिनु गम्भीर विषय भएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।   उनले भने, ‘यो गम्भीर प्रकृतिको घटना हो । यसप्रकारको घटनाले वैधानिक कारोबार गर्ने व्यवसायीलाई पनि मारमा पारिरहेको छ ।’ भैरहवा भन्सारको सुरक्षाको जिम्मेवारी अन्नपूर्ण टर्मिनल्सले लिएको छ ।  उक्त प्रकरणमा संलग्नलाई भन्सार ऐन अनुसार कारबाही गरिसकेपछि उक्त अवैध कारोबारमा संलग्नलाई सरकारी कागजात कीर्तेको आरोपमा मुद्दा चलाउने प्रहरीको भनाइ छ । रासस

बालुवाटार जग्गा प्रकरण : मुख्य आरोपी रामकुमार सुवेदी पक्राउ

काठमाडौँ- बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य आरोपित  रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई पक्राउ परेका छन् । मंगलबार राति स्यम्भूबाट पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा प्रकिया अघि बढाएको छ । सरकारी कागजात कीर्ते उजुरीमा उनीहरूलाई अनुसन्धानका लागि […]

‘विवाहित ज्वाला संग्रौलाले अविवाहितको प्रमाणपत्र पेश’ गरेपछि…

काठमाडौं, १६ असार । अभियन्ता ज्वाला संग्रौला यतिबेला प्रहरी हिरासतमा छिन् । अभद्र व्यवहारको कसूरमा पक्राउ परेकी उनले सरकारी कागजात कीर्ते गरेको भन्दै प्रहरीले अभियोग थपेको छ । संग्रौलामाथि अनुसन्धान गर्ने क्रममा सरकारी कागजात पनि कीर्ते गरेको प्रमाण फेला परेको प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिए । अनुसन्धानको क्रममा अदालती प्रक्रियाका लागि विभिन्न […]

हेटौंडाको जग्गाको कीर्ते कागजात बनाउने भक्तपुरका बद्रीप्रसाद पक्राउ

हेटौँडा उपमहानगरपालिका–५ मा रहेको नौ कट्ठा जग्गाको सरकारी कागजात कीर्ते गरेको आरोपमा भक्तपुरका बद्रीप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर- १ का निर्वाचित सांसद सिलवालविरुद्ध पक्राउ आदेश जारी

काठमाडौं: ललितपुर क्षेत्र नम्बर- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद नवराज सिलवालविरुद्ध सरकारी कागजात कीर्ते अभियोगमा नेपाल प्रहरीले पक्राउ आदेश जारी गरेको छ। पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) समेत रहेका सिलवालले डीआईजीबाट बढुवा हुने क्रममा कार्यसम्पादन मूल्यांकन (कासमु)को नम्बर कीर्ते गरी...

५० लाखको गाडी २० लाखमा बेच्ने पक्राउ, ३४ पीडित प्रहरी सम्पर्कमा

सवारीसाधन खरिद गरेर ठगिएका ३४ जना न्यायको माग गर्दै कञ्चनपुर जिल्ला प्रहरी कार्यालय पुगेका छन्। गत असार २९ गते प्रहरीले सरकारी कागजात कीर्ते गरी सवारीसाधान यातायात कार्यालयमा दर्ता गरी किनबेच गर्दै आएका कैलाली भजनीका गोकुलप्रसाद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएपछि निजबाट सवारीसाधन खरिद गरेर ठगिएका ३४ जना न्यायका लागि प्रहरीमा पुगेका हुन्।