५० लाखको गाडी २० लाखमा बेच्ने पक्राउ, ३४ पीडित प्रहरी सम्पर्कमा

सवारीसाधन खरिद गरेर ठगिएका ३४ जना न्यायको माग गर्दै कञ्चनपुर जिल्ला प्रहरी कार्यालय पुगेका छन्। गत असार २९ गते प्रहरीले सरकारी कागजात कीर्ते गरी सवारीसाधान यातायात कार्यालयमा दर्ता गरी किनबेच गर्दै आएका कैलाली भजनीका गोकुलप्रसाद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएपछि निजबाट सवारीसाधन खरिद गरेर ठगिएका ३४ जना न्यायका लागि प्रहरीमा पुगेका हुन्।

सम्बन्धित सामग्री

बिग्रेको मिठाइ बेच्ने टिपटपलाई महानगरले तिरायो २ लाख रुपैयाँ जरिवाना

काठमाडौं महानगरपालिकाले अखाद्य मिठाइ बेच्ने मिठाइ पसल टिपटपलाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ। काठमाडौँ नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार महानगरपालिका-१६ ठँहितिस्थित टिपटप मिठाइ पसललाई अखाद्य मिठाइ बेचेकाले २ लाख रुपैयाँ जरिवाना गराइएको जानकारी दिए। आइतबार टिपटपमा किनेको मिठाइ खान अयोग्य भएको गुनासो एक ग्राहकले गरेपछि जाँच गर्दा खान अयोग्य मिठाइ भेटिएकाले २ लाख […]

पेस्तोल बेच्ने र खरिद गर्ने दुवै पक्राउ

धनुषा प्रहरीले पेस्तोल बेच्ने र खरिद गर्ने दुवैलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पेस्तोल खरिद गरेका धनुषा मिथिला नगरपालिका वडा नं ६ बस्ने २८ वर्षीय रोशन महतो र बेच्ने सोही ठाउँ बस्ने २६ वर्षीय शङ्कर महतो रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको …

मकै बेच्ने दम्पतीलाई कारवाही गर्न प्रहरीमा महानगरको निवेदन

१९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पतीमाथि कारवाही गर्न नेपाल प्रहरीमा आइतबार निवेदन दिएको छ । फुटपाथ अतिक्रमण गरेको भन्दै नगरप्रहरीले कारवाही गर्दा प्रतिवाद गरेका दम्पतीलाई थप कारवाही गर्न महानगरी प्रहरी वृत्त महाराजगञ्जलाई पत्र लेखेको महानगरपालिकाले जनाएको छ । मकै बेच्दै गर्दा शुक्रबार […]

अरु कम्पनीको ट्रेडमार्कबाट पानी बेच्ने दुई जना प्रहरी नियन्त्रणमा

काठमाडौं : अन्य कम्पनीको ट्रेडमार्क प्रयोग गरी पानीको जार बेच्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।अरु कम्पनीको ट्रेडमार्क प्रयोग गरी पानीको जार बेच्ने सर्लाही लालबन्दी नगरपालिका-५ का आशिष कार्की र चितवन रत्ननगर नगरपालिकाका किरण श्रेष्ठलाई प्रहरी वृत्त कालीमाटीको टोलीले आइतबार बिहान पक्राउ गरेको हो।उनीहरूको साथबाट १९७ वटा पानीको स्पार्कलिंग स्प्रिङ्क्लर जारसहित दुईवटा डिआई गाडी बरामद भएको प्रहरीले जनाएको छ। बरामद पानी र गाडीसहित दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि वाणिज्

बालाजुको ढुंगेधारास्थित तरकारी बेच्ने टहरामा आगलागी

बालाजुको ढुंगेधारास्थित तरकारी बेच्ने टहरामा गएराति आगो लागेको छ । काठमाडौं महानगर–१६ स्थित ढुंगेधारामा रहेको टहरामा गएराति पौने १ बजेतिर आगो लागेको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।    पाँच वटा दमकलको सहायताले प्रहरीले आगो नियन्त्रणमा लिएको छ । आगलागीबाट टहरोको आधा भाग जलेको छ । राति साढे १ मा आगो नियन्त्रणमा आएको डिएसपी मिश्रले बताए ।

लागुऔषध बेच्ने सुराक पाएपछि दुई प्रहरीकै योजनामा यसरी लुटियो फार्मेसी पसल

घटना यही फागुन १८ गते साँझ साढे ७ बजेको हो। प्रहरी भन्दै अनावश्यक धम्की दिँदै खानतलासीसम्म गर्ने बताएपछि साँकी पनि छक्क परे। उनले औषधिको रुपमा नाइट्राभेटहरु पनि बेच्दै आएका थिए। तर उक्त युवाको समूहले भने डाक्टरको अनुमित बिना बेच्न नमिल्ने ती औषधि लागुऔषधको रुपमा बेच्ने गरेको भन्दै अनावश्यक आरोप लगाउँदै साँकीलाई धम्की दिए।

मोटरसाइकल चोरी गरेर बेच्ने युवक पक्राउ

मोटरसाइकल चोरी गरेर बेच्ने गरेको आरोपमा प्रहरीले उपत्यकाबाट एक युवकलाई पक्राउ गरेको छ । रामेछाप घर भई काभ्रेको बनेपा-१३ थापागाँउ बस्दै आएका १८ वर्षीय छिरिङ घिसिङलाई महानगरीय प्रहरी परिसर भक्तपुरले दुई वटा मोटरसाइकल र चार स्कुटरसहित पक्राउ गरेको हो ।परिसरका सूचना अधिकारी राजु पाण्डेका अनुसार घिसिङले मोटरसाइकल र स्कुटी चोरी गरेर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

नक्कली सुनको गहना बेच्ने काठमाडौँबाट पक्राउ

नक्कली सुनको गहना बेच्ने कार्यमा संलग्न रहेको अभियोगमा सिरहा कल्याणपुर घर बताउने ३२ वर्षीय पङ्कज कुमार गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-८ मानबहादुर मार्ग नजिकै रहेको असिम सुनचाँदी पसलमा सुन जस्तै देखिने नक्कली सुन बेच्न लागेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले गुप्तालाई सुन जस्तो देखिने पहेँलो धातुको सिक्री २ थान सहित फेला पारी पक्राउ गरेको हो ।साथै गुप्ताले काठमाडौँ महाराजगञ्जस्थित जयलक्ष्मी सुनचाँदी पसल र ल

नक्कली मोबिल बनाएर बेच्ने दुईजना प्रहरी नियन्त्रणमा

रौतहट सदरमुकाम गौर नगरपालिका ५ बरहवा पुलनजिकको पसलमा नक्कली मोबिल बनाएर बेच्ने गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।...

जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी २५ वर्षपछि पक्राउ

जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी पुर्नवास नगरपालिका–८ का हर्कबहादुर धामीलाई प्रहरीले आज पक्राउ गरेको छ । घरमै लुकीछिपी बसेका बेला धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले बताए ।कञ्चनपुर जिल्ला अदालतको विसं २०५४ चैत २० गतेको फैसलाले १५ दिन कैद भई धामी फरार रहेका थिए । पक्राउ परेका धामीलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।यसैगरी बेचबिखन मुद्दामा रु ५० हजार जरिवाना भई लगतमा बसेका भीमदत्त नगरपालिका–१८ का यादव पाण