सरकारको नीति तथा कार्यक्रम माथि छलफलका लागि बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आज बिहान ८ बजेका लागि आह्वान गरेका थिए । आजको बैठकमा संसद्हरूले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि आफ्नो धारणा राख्नेछन् भने त्यस लगत्तै सदनबाट नीति तथा कार्यक्रम पारित गर्ने सत्तारुढ दलहरूको तयारी रहेको छ ।बुधबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा पनि प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि छलफल भएको थियो । उक्त बैठकमा प्रदेशसभाका २० जना संसद्ले