काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं ३ मा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका बद्रीप्रसाद बजगाईंको उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ । पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका बजगाईं र प्रदेशसभाअन्तर्गत ३ (१)मा उम्मेदवारी दिएका कपिलमुनी उप्रेतीलाई पनि उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएका हुन् । उम्मेदवारी निष्क्रिय पारेर गठबन्धनका उम्मेदवारलाई सहयोग […]