काठमाण्डौ – कोरोना भाइरसविरुद्धको खोप शिक्षकलाई पनि लगाउने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरेको छ ।
सरकारको नीतिअनुसार प्राथमिकताका आधारमा अग्रपङ्क्तिमा खटिने शिक्षक/कर्मचारीलाई खोप लगाउने व्यवस्था गर्न अनुरोध गरेको शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले सचिवस्तरीय निर्णय गरी खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोधपत्रसमेत पठाएको छ । पत्रमा विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षक÷कर्मचारीलाई खोप लगाउने व्यवस्था गर्न भनिएको छ । ...