कांग्रेसका उदयले एमालेका नवराजलाई पारे पछि

ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशम्शेर राणा अग्र स्थानमा छन् ।

सम्बन्धित सामग्री

सुनसरी–४ मा एमालेका कुसियैतभन्दा कांग्रेसका कार्की चार मतले अगाडि

सुनसरी - सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा छ । पछिल्लाे मत परिणाम अनुसार कांग्रेसका कार्की एमालेका कुसियैतभन्दा जम्मा चार मतान्तरले अगाडि हुनुहुन्छ ।  अहिलेसम्म कार्कीकाे ३० हजार ७३ र कुसियैतकाे ३० हजार ६९ मत रहेकाे छ ।

सुनसरी–४ मा कांग्रेसका कार्की र एमालेका कुसियैतबीचको मतान्तर २७ मा झर्यो

सुनसरी - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत सुनसरी–४ मा मतगणना भइरहेको छ । सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा छ । पछिल्लो मतगणनाको विवरण अनुसार बिहान २५ मतले अगाडि रहेका कार्कीलाई २७ मतले उछिन्दै अहिले एमालेका कुसियैतले अग्रता लिनुभएको छ । एमालेका जगदीशप्रसाद कुसियैतले २९ हजार ९६६ र कांग्रेसका कार्कीले २९ हजार ९३९ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका कार्की सूचना प्रविधि मन्त्री समेत हुनुहुन्छ ।

रुपन्देही ३ 'ख' मा एमालेका चौधरी निर्वाचित, हारे कांग्रेसका ढकाल

कांग्रेसका रामचन्द्र ढकाललाई २०१ मत पराजित गर्दै एमालेका चौधरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सोलुखुम्बुबाट एमालेका मानवीर निर्वाचित, कांग्रेसका बलबहादुर पराजित

कांग्रेसका बलबहादुर केसीलाई २७ सय ७९ मतान्तरले पराजित गर्दै एमालेका मानवीर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेललाई हराउँदै कांग्रेसका प्रदीप पौडेल विजयी

काठमाण्डाै – प्रतिनिधिसभा अन्तर्गत काठमाण्डौ क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई चार हजार ९६५ मतले पछि पार्दै विजयी हुनुभएको हो । कांग्रेसका पौडेलले १५ हजार २३७ मत र एमालेका पोखरेलले १० हजार २७२ मत प्राप्त गर्नुभएको छ ।

काभ्रे - २ मा कांग्रेसका हुमागाई भन्दा एमालेका बास्कोटा ४९७ मतले पछाडि

काठमाण्डाै – प्रतिनिधि सभा अन्तर्गत काभ्रेको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका शिव हुमागाई र नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटाको मतान्तर ४९७ मा झरेको छ । पछिल्लो विवरण अनुसार कांग्रेसका हुमागाईले आठ हजार ३६१ मत र एमालेका बास्कोटाले सात हजार आठ सय ३४ मत प्राप्त गर्नुभएको छ ।

सुर्खेत–२ मा कांग्रेसका हृदयराम थानी एमालेका विसीभन्दा १४४४ मतान्तरले अगाडि

बिहान १२ बजेदेखि जारी सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसका हृदयराम थानी नेकपा एमालेका अमृत विसीभन्दा १ हजार ४४४ मतान्तरले अगाडि छन् । अहिले १०ः ३० सम्म आइपुग्दा जम्मा १० हजार ७० मतगणना भएका छन् ।जसमा कांग्रेसका थानीले ५ हजार ११८ मत प्राप्त गरेका छन् भने एमालेका विसीले ३ हजार ६७४ मत पाएका छन् । यस्तै ४३९ मत बदर भएका छन् ।

इलाम २ मा एमालेका नेम्वाङलाई पछि पार्दै कांग्रेसका खड्काको अग्रता

काठमाण्डाै – इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनामा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई पछि पार्दै कांग्रेसका डब्बरबहादुर खड्काले अग्रता बनाउनुभएको छ । अहिलेसम्म छ सय ७० मत गन्दा कांग्रेसका खड्काले तीन सय ४२ र एमालेका नेम्वाङले दुई सय ७५ मत प्राप्त गर्नुभएको छ ।

बाँके ३ मा एमालेका किस्मतको अग्रता, पछ्याउँदै कांग्रेसका राठोर

एमालेका किस्मत कक्षपतिले ६०० मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका किशोरसिंह राठोरले ४०० मत पाएका छन् ।

जिराभवानीमा कांग्रेसका चौधरीले एमालेका महतोलाई पछि पारे

१ जेठ, काठमाडौं । पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अनोज चौधरीले अग्रता लिएका छन् । २६३२ मतगणना हुँदा चौधरी ९४३ मतका साथ अग्र स्थानमा छन् । चौधरीले  नेकपा एमालेका उम्मेदवार रामपृत महतोलाई ४४ मतले पछि पारेका छन् । महतोले ८९९ मत प्राप्त गरेका छन् ।जनता समाजवादी पार्टी (जसपा)का बिकाउप्रसाद थारु भण्डारीले ५५७ ल्याएका छन् […]