एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेललाई हराउँदै कांग्रेसका प्रदीप पौडेल विजयी

काठमाण्डाै – प्रतिनिधिसभा अन्तर्गत काठमाण्डौ क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई चार हजार ९६५ मतले पछि पार्दै विजयी हुनुभएको हो । कांग्रेसका पौडेलले १५ हजार २३७ मत र एमालेका पोखरेलले १० हजार २७२ मत प्राप्त गर्नुभएको छ ।

सम्बन्धित सामग्री

एमालेलाई सुदृढ बनाउनुको विकल्प छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई सुदृढ बनाउनुको विकल्प नरहेको बताउनुभएको छ । बैतडीको पाटनमा सोमबार एमाले बैतडीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले पार्टीलाई सुदृढ बनाएर राष्ट्रिय शक्तिका रूपमा अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “एमालेलाई सुदृढ बनाउनुपर्छ, पार्टीलाई एकताबद्ध भएर लैजानुपर्छ । एमाले जनताको बलमा बाँचेको पार्टी …

किन बंगलादेश गए एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल ?

काठमाडौं, २१ पुष । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दुई दिने कार्यक्रमका लागि आज बंगलादेश प्रस्थान गरेका छन्। उनी बंगलादेशको क्रान्तिकारी श्रमिक पार्टीको १०औं महाधिवेशनमा पार्टीको तर्फबाट सहभागी हुन् दिउँसो १ बजे ढाका प्रस्थान गरेका हुन्। पोखरेलसँगै एमालेका विदेश विभाग सदस्य डा.दीपेन्द्र श्रेष्ठ पनि सो कार्यक्रममा सहभागी हुनेछन्।

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल बंगलादेश प्रस्थान

२१ पुस, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बंगलादेशको ढाका गएका छन् । बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा उनी नेकपा एमालेको तर्फबाट अतिथिका रुपमा सहभागी हुने छन् । पोखरेलले महाधिवेशनलाई भोलि शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । पोखरेलसँगै एमालेका विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ पनि महाधिवेशनमा […]

सम्पदा र संस्कृति देशको सम्पत्ति हुन् : वरिष्ठ उपाध्यक्ष पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्पदा र संस्कृति देशको अमूल्य सम्पत्ति भएको बताएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ बाट नेकपा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार बनेका वरिष्ठ उपाध्यक्ष पोखरेलले शुक्रबार बूढानीलकण्ठ मेलामा सहभागी हुँदै संस्कृति र सम्पदा देशको सम्पत्ति भएकाले यसको संरक्षण गर्नुपर्ने बताएका हुन् ।वरिष्ठ उपाध्यक्ष पोखरेलले बूढानीलकण्ठ क्षेत्रको बृहत्तर विकासमा आफू सधैँ सक्रिय रहेको उल्लेख गरे । उनले

राष्ट्रिय राजनीति दुई ध्रुवमा बाँडियो : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ– एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा बाँडिएको बताएका छन् । शुक्रबार दसैँका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिको एउटा ध्रुव एमाले र अर्को ध्रुव गठबन्धनले नेतृत्व गरेको बताएका हुन् । देश बनाउने सपनाको नेतृत्व ध्रुव एमालेले गरेको उनको दाबी छ । उनी आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा […]

युवासँग एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज २७ जना युवाहरुलाई पार्टीमा प्रवेश गराएका छन्।काठमाडौंको बुढानीलकण्ठमा नेपाल खेलकुद महासंघले आयोजना गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले विभिन्न पार्टी परित्याग गरेका २७ जना युवालाई एमाले प्रवेश गराएका हुन्।प्रवेश गर्नेमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३, ४ र ५ का युवाहरु रहेका छन्। उनीहरु नेपाली कांग्रेस र एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गरेका हुन्। नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले

संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ,३ साउन । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको बताएका छनन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको हो भने । वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “संविधान अपरिवर्तनीय होइन, आवश्यकता परेमा समयसापेक्ष संशोधन गर्न सकिन्छ ।” […]

निर्वाचनमा स्थानीय आवश्यकतानुसार तालमेल हुनसक्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको बताएका छन् ।  प्रेस चौतारी नेपाल प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “संविधान अपरिवर्तनीय होइन, आवश्यकता परेमा समयसापेक्ष संशोधन गर्न सकिन्छ ।”आगामी सङ्घ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले श्रेष्ठता हासिल गर्न दाबी गर्दै निर्वाचनमा एमाले एक्लै जान तयार रहेको बताए । उ

एमाले थप शक्तिशाली भएर अगाडि बढ्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले थप शक्तिशाली र ऊर्जावान पार्टी भएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।  एमाले जिल्ला कमिटी भक्तपुरको आठौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै...

नीति एकातिर जनता अर्कातिर भइरहेको छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्व विना मुलुकको समृद्धि हुन नसक्ने बताएका छन् । रेडियो नेपाल कर्मचारी युनियनको आठौं अधिवेशन समारोहमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थायित्वमा समस्या देखिँदै गएको संकेत गर्दै एकातर्फ एमाले र अर्काेतर्फ गठबन्धन दलले राजनीतिको नेतृत्व गरिरहेकाले कसको नीति र योजना ठीक हो भनेर पहिचान गर्नुपर्नेमा बेला आएको पनि बताए । ‘एउटा कोण नेकपा एमालेको छ, यसको निष्कर्ष आर्थिक विकास र समृद्धि, देश बनाउने सपना, यसका लागि राजनीतिक स्था...