मतदान सम्बन्धी कुनै जिज्ञासा छ ? निर्वाचन आयोगको कल सेन्टर ११०२ मा निःशुल्क कल गर्नुहोस

चैत १७, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहसँग सम्बन्धित कानून तथा कार्यविधिको व्यवस्थालाई व्यवस्थित बनाउन स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गरेको छ । बिहीवार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा यो बारेमा जानकारी दिइएको हो । त्यस्तै आयोगले निर्वाचनमा उम्मेदवारले आफ्नो मनोनयन प्रक्रिया दर्ता गर्दा स्व-घोषणा गर्नुपर्ने व्यवस्था समेत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनले स्थानीय तह निर्वाचन २०७९ को व्यवस्थापन र सञ्चालनलाई लैङ्गिक तथा समावेशी बनाइ महिला तथा समावेशी समूहका व्यक्तिहरुलाई निर्वाचन प्रक्रियामा बढी भन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउने सम्बन्धमा राजनीतिक दलहरुलाई १७ बुँदे निर्देशन दिइएको पनि बताए । प्रवक्ता पौडेलका अनुसार आयोगले आम मतदातालाई सूचना उपलब्ध गराउने उद्देश्यले आयोग परिसरमा कल सेन्टरको स्थापना गरेको छ । कल सेन्टर स्थापना भएको दुई दिनमा आयोगमा पहिलो दिन ३१० र दोस्रो दिन २६१ जना मतदाताहरुको जिज्ञासा समाधान गरेको पनि उनले बताए । आयोगले मतदान सम्बन्धी जिज्ञासाका लागि ११०२ नम्बरको टोल फ्रि नम्बर उपलब्ध गराएको छ । प्रवक्ता पौडेलले भने, ‘स्थानीय तहसँग सम्बन्धित कानून तथा कार्यविधिको व्यवस्थालाई व्यवस्थित बनाउन स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी भएको छ । र निर्वाचनमा उम्मेदवारले आफ्नो मनोनयन प्रक्रिया दर्ता गर्दा स्व-घोषणा गर्नुपर्ने व्यवस्था समेत गरेको छ ।' विशेष गरी मतदाता नामावली, निर्वाचन आचारसंहिता, मतदाता शिक्षा लगायतका विषयहरुमा आम मतदाताहरुबाट जिज्ञासा आउने गरेका छन् । यो बाहेक आजमात्रै निर्वाचन आयोग र नेपाल ल सोसाइटीको संयुक्त आयोजनामा केन्द्रमा कोड अफ कन्डक्ट र आचारसंहिताहरुको प्रचारप्रसार अथवा सचेतनासँग सम्बन्धित कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ ।

सम्बन्धित सामग्री

चुनावबारे जानकारी दिन निर्वाचन आयोगको निःशुल्क कल सेन्टर

काठमाडौं : निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धी जिज्ञासा सम्बोधन गर्न सो कल सेन्टर सञ्चालन गरिएको आयोगले जनाएको छ। कल सेन्टरमा फोन गर्दा शुल्क लाग्दैन। कल सेन्टरबाट सेवा लिन निःशुल्क ११०२ टोल फ्री नम्बरको पनि व्यवस्था गरिएको छ।कान्तिपथस्थित आयोगको कार्यालयमा  शुक्रबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कल सेन्टर र ई–बुलेटिनको उद्घाटन गर्दै त्यसबाट लाभ लिन  सबैसँग अनुरोध गरे। त्यस

निर्वाचन आयाेगले कल सेन्टर सञ्चालनमा ल्यायाे

काठमाण्डाै – निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ । आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावसम्बन्धी जिज्ञासा सम्बोधन गर्ने प्रयोजनका लागि कल सेन्टर आज शुक्रवारदेखि सञ्चालमा आएकाे हो । कल सेन्टरबाट सेवा लिनका लागि निःशुल्क ११०२ टोल फ्री नम्बरको व्यवस्था गरिएको छ ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कल सेन्टर र ई–बुलेटिन सेवाको उद्घाटन गर्दै त्यसबाट भरपूर लाभ लिनका लागि सबैलाई आग्रह गर्नुभयो । उहाँले आयोग चुनावलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि ...

निर्वाचन आयोगले सञ्चालनमा ल्यायो कल सेन्टर

निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धी जिज्ञासा सम्बोधन गर्ने प्रयोजनका लागि सो कल सेन्टरको शुभारम्भ गरिएको हो । कल सेन्टरबाट सेवा लिनका लागि निःशुल्क ११०२ टोल फ्रि नम्बरको पनि व्यवस्था गरिएको छ । शुक्रबार आयोगको कार्यालय कान्तिपथमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कल सेन्टर र ई–बुलेटिन सेवाको उद्घाटन गर्दै त्यसबाट भरपूर लाभ लिनका लागि सबैलाई आग्रह गरे ।त्यस अवसरमा उनले आयोग निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्

निर्वाचन आयाेगद्वारा कल सेन्टर र इ–बुलेटिन सञ्चालन

निर्वाचन आयोगले कल सेन्टर र इ–बुलेटिन सञ्चालनमा ल्याएको छ। ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका प्रणाली र प्रक्रियाका बारेमा उम्मेदवार, दल, नागरिक समाज तथा आम मतदाताको जिज्ञासा सम्बोधन...

निर्वाचन कल सेन्टर सञ्चालनमा

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि स्थापना गरिएको ‘कल सेन्टर’ मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याइएको छ । निर्वाचनका सिलसिलामा नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई आयोगका तर्फबाट सम्बोधन गर्न उक्त कल सेन्टर सञ्चालनमा ल्याइएको हो ।विगतमा ११ अंक नम्बर रहेको टोलफ्री सञ्चालनमा आएकामा सेवाग्राहीको हितलाई ध्यानमा राखेर […]

निर्वाचन सम्बन्धी गुनासा सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा

काठमाडौँ–निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कल सेन्टर सञ्चालनमा ल्याएको छ। सर्वसाधारणका निर्वाचन सम्बन्धी जिज्ञासा गुसासो तथा आचारसंहिता उल्लघंन लगायतका उजुरीको सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याएको आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिए। कल सेन्टरको मंगलबार एक कार्यक्रमकोबीच प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उद्घाटन गरेका हुन्। सहायक प्रवक्ता अर्यालले भने ‘सर्वसाधारण […]

निर्वाचन कल सेन्टर औपचारिक रुपमा सञ्चालनमा

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि स्थापना गरिएको ‘कल सेन्टर’ आजदेखि औपचारिकरुपमा सञ्चालनमा ल्याइएको छ । निर्वाचनका सिलसिलामा नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई आयोगका तर्फबाट सम्बोधन गर्न उक्त कल सेन्टर सञ्चालनमा ल्याइएको हो । विगतमा ११ अङ्क नम्बर रहेको टोलफ्री सञ्चालनमा आएकामा सेवाग्राहीको हितलाई ध्यानमा राखेर …

निर्वाचन कल सेन्टर सञ्चालनमा आयो, ११०२ मा फाेन गरेर सूचना लिन सकिने

काठमाण्डौ – निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि स्थापना गरेको ‘कल सेन्टर’ आज मङ्गलवारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको छ । चुनावका सिलसिलामा नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई आयोगका तर्फबाट सम्बोधन गर्न यो कल सेन्टर सञ्चालनमा ल्याइएको हो । विगतमा ११ अङ्क नम्बर रहेको टोल फ्री सञ्चालनमा आएकामा सेवाग्राहीको हितलाई ध्यानमा राखेर आयोगले यस पटक चार अङ्कको टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । कल सेन्टरमा नौ जनालाई खटाइएको छ । आउँदो स्थानीय तहको च...

निर्वाचन आयोगमा कल सेन्टर, ११०२ मा फोन गरेर सूचना लिन सकिने

१५ चैत, काठमाडौं । निर्वाचन आयोगले आजबाट कल सेन्टर सुरु गर्दै छ । स्थानीय तह निर्वाचनबारे जानकारी दिन आयोगले आजबाट कल सेन्टर सुरु गर्न लागेको हो । निर्वाचन सम्बन्धी सर्वसाधारणको जिज्ञासा समाधान गर्ने उद्देश्यले कल सेन्टर सुरु गर्न लागेको निर्वाचन आयोगले जनाएको छ । ११०२ नम्बरमा फोन गरेर निर्वाचनबारे जानकारी लिन सकिन्छ । कल सेन्टर […]