कांग्रेसमा समावेशी समूहको प्रतिनिधित्व कटौती, निर्देशिका सच्याउन माग गर्दै दलित संघ धर्नामा

कांग्रेसको महाधिवेशनमा तल्ला तहदेखि केन्द्रसम्म दलित लगायत समावेशी समूहको प्रतिनिधित्व कटौती गरिएको भन्दै कांग्रेसका भातृसंस्था र नेताहरु आन्दोलित बनेका छन् । महाधिवेशनका लागि बनेको निर्वाचन निर्देशिका तथा अनुसूचीमा दलित समुदायको प्रतिनिधित्व कटौती भएको भन्दै नेपाल दलित संघले बुधबारदेखि नै सानेपास्थित केन्द्रीय कार्यालयमा धर्ना जारी राखेको छ ।