नायब सुब्बाहरुले आज माइतीघर मण्डलामा बृहत् प्रदर्शन गर्ने

काठमाडौं, साउन २६ । राजपत्रअनंकित प्रथम श्रेणीका कर्मचारी (नायब सुब्बा) हरूले निजामती विधेयकमा आफ्नो माग सम्बोधन गर्नुपर्ने माग राख्दै आज माइतीघर मण्डलामा बृहत् प्रदर्शन गर्दैछन् । देशभरका हजारौं नासु तहका कर्मचारी सोमबारदेखि आन्दोलनमा उत्रिएपछि सरकारी कार्यालयको कामकाज प्रभावित बन्न पुगेका बेला शक्ति प्रदर्शनस्वरूप पाँचवटै ट्रेड युनियन मिलेर माइतीघर मण्डलामा धर्ना दिन लागेका हुन् । सरकारले […]

सम्बन्धित सामग्री

माइतीघर मण्डलाको निषेधाज्ञा फिर्ताकाे माग राख्दै प्रदर्शन (तस्बिरसहित)

काठमाडौं- माइतीघर मण्डलामा लगाइएकाे निषेधाज्ञा तत्काल फिर्ता गर्नुपर्ने माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन भएकाे छ। चिकित्सक अभियन्त्रा डा.गाेविन्द केसीलगायतले शनिबार मध्यान्ह प्रदर्शन गरेका हुन्। उनीहरूले ‘लाेकतान्त्रिक स्थानकाे संकुचन नगर’, ‘माइतीघरकाे निषेधाज्ञा तत्काल फिर्ता गर’, ‘नि:शुल्क औषधी उपचारकाे सेवा व्यवस्था गर’, ‘सत्ता तिम्राे सडक नागरिककाे’ लगायतका नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए। प्रदर्शनीकाे क्रममा उनीहरूले कविता […]

नयाँबानेश्वर-माइतीघर सडकमा डाक्टरहरूको प्रदर्शन (तस्वीरहरू)

१२  असोज, काठमाडौं। काठमाडौंमा शुक्रबार पनि डाक्टरहरूले प्रदर्शन गरेका छन् ।  कार्यस्थलमा सुरक्षाको माग गर्दै उनीहरुले नयाँबानेश्वर-माइतीघर सडकमा बसेरै प्रदर्शन गरेका हुन् । डाक्टरहरू माइतीघरबाट नयाँबानेश्वर चोकसम्‍म अएर सडकमै बसेर प्रदर्शन जारी राखेका छन् । उनीहरूले डाक्टरमाथिको कुटपिट बन्द गर, ‘प्रजनन्  सम्बन्धी डाक्टरको जीवनको रक्षा गर’का नारा उनीहरूले सडकमै लगाएका छन् । अस्पतालहरुमा चिकित्सकहरुमाथि हातपात […]

प्रदर्शनको नाममा प्रदूषित बन्दै माइतीघर, जिम्मेवारीबाट पन्छिँदै प्रशासन र महानगर

काठमाडौं : विरोधको प्रमुख प्रदर्शनस्थल बन्दै गएको राजधानीको माइतीघर मण्डला यतिबेला दुर्गन्धित बन्न थालेको छ।बेला बखतमा विरोध प्रदर्शन हुने माइतीघर मण्डलामा पछिल्लो समय दिनरात नभनी नियमित विरोध प्रदर्शन गर्ने विभिन्न समूह र प्रदर्शनकारीको संख्या बढेसँगै दुर्गन्धित बन्न थालेको हो। काठमाडौं उपत्यकाको मुटुको रूपमा रहेको माइतीघर मण्डला झट्ट हेर्दा भीडभाड त सधैं देखिन्छ नै, बढ्दो भीडले माइतीघरलाई कुरूप र प्रदूषित पनि बनाइरहेको छ।हप्तौं दिनसम्म प्रदर्शनको नाममा २४सै घण्टा माइतीघरमा

डा. गोविन्द केसीकाे समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । अनशनरत डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ । बृहत नागरिक आन्दोलनले आज शनिबार दिउँसो प्रदर्शन गरेको हो । प्रदर्शनमा लेखक खगेन्द्र संग्रौला, सञ्जीव उप्रेती लगायतकाे उपस्थिति रहेकाे थियाे । उहाँहरूले गेटामा स्वास्थ्य सेवा कहिले सुरु हुन्छ, ‘खल्तीबाट नियुक्ति नियम–कानून खै, उपचार गर्न कहिलेसम्म काठमाडौं धाउनु पर्ने र माफियाको मिसन सिटामोलको […]

तस्बिरमा हेरौं माइतीघर मण्डलामा राप्रपाको विरोध प्रदर्शन

काठमाडौं, १८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध आज प्रदर्शन गरेको छ । पार्टीले भ्रष्टाचार, नागरिकता विधेयक, संघीयतालगायतको विरोधमा काठमाडौंसहित ७७ वटै जिल्लामा विरोध प्रर्दशन गरेको हो । राप्रपाले काठमाडौंको माइतीघर मण्डलामा पनि प्रदर्शन गरेको छ । विरोध प्रदर्शनमा सहभागीहरुले निधारमा कालो पट्टी बाधेका थिए । उनीहरुले माइतीघरदेखि बबरमहलसम्म र्याली निकालेर प्रदर्शनमा उत्रेका हुन् […]

माइतीघर मण्डलामा बलात्कारविरूद्ध युवाहरुको प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ७ जेठ । युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा बलात्कारविरूद्ध प्रदर्शन गरेका छन्। सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको भनेर एक युवतीले खुलासा गरेपछि युवाहरूले ती युवतीको न्यायको लागि आवाज उठाएका छन् । उनीहरुले बलात्कारीलाई तत्काल कारबाही गर्न माग गरेका छन् । विरोध प्रदर्शनमा उत्रिएकाहरुले ‘आखिर कहिलेसम्म ?, स्टप रेप, महिला शरीरको वस्तुकरण बन्द गर, इनअफ […]

४५ दिनदेखि आबुधावी जेलमा नेपाली पत्रकार, माइतीघर मण्डलामा प्रदर्शन (भिडियो)

दुबईमा बसेर नेपाली पत्रकारिता गरिरहेका उमाकान्त पाण्डे ४५ दिनदेखि संयुक्त अरब इमिरेट्स (युएई) को आबुधावी जेलमा छन् । साइबर अपराधको उजुरीपछि उनलाई दुबई प्रहरीले गत फागुन ३ गते पक्राउ गरि जेलमा राखेको हो । पत्रकार पाण्डेको रिहाइको माग गर्दैै शुक्रबार राजधानीस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । युथ काङ्ग्रेस नेपाल नामक संस्थाले पत्रकार पाण्डेलाई युएई सरकारले विना सर्त रिहाइ गर्नुपर्ने माग राख्दै विरोध प्रदर्शन गरेको हो । उनीहरूले ‘परराष्ट्रको मौनता, राजदूतलाई हौसला, पराइ भूमि

अखिल फोर्सले गर्‍यो शक्ति प्रदर्शन

नेकपा एमालेको माधव नेपाल पक्षनिकट अखिल फोर्सले शक्ति प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो

शिक्षा र स्वास्थ्य क्षेत्रको बेथितिविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन (फोटोफिचर)

शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको चरम राजनीतिकरण अन्त्य गर्न माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । नागरिक आन्दोलन समूहको नेतृत्वमा भएको सो प्रदर्शनमा सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध समेत चर्को विरोध गरिएको छ ।बीपी प्रतिष्ठानमा उपकरण खरिद, पुरानो मेसिन, बेरुजु, ठेक्का लगायत अन्य विविध शीर्षकमा अनियमितता हुने गरेको भन्दै प्रदर्शनकारीहरूले त्यसको छानविन हुनुपर्ने माग गरे । प्रदर्शनकारीहरूले प्रतिष्ठान डुबाएर आफ्नो जीवन उकास्ने

'खैरे'का लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

माइतीघर मण्डलामा बुधबार दिउँसो पशु अधिकारकर्मी तथा अभियन्ताहरूले प्रदर्शन गरेका हुन्।